Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण २६, २०८१
|
|
४० पटक हेरिएको
Shares
सर्लाहीमा छिमेकीको पराल राख्ने घरमा युवकको शव फेला, हत्या भएको आशंका

सारांश

  • शनिबार बिहान बरहथवा नगरपालिका–८, टाँडी बस्ने रामबहादुर साहका १९ वर्षका छोरा मुन्ना साह अचेत फेला परेका थिए।
  • घरदेखि ४ सय मिटर पर छिमेकी शैलेन्द्र रामको पराल राख्ने खाली घरमा मुन्ना अचेत अवस्था भेटिएका हुन्।
  • त्यसपछि उनलाई नवजीवन अस्पताल बरहथवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको हो।

२६ साउन, सर्लाही : सर्लाहीको बरहथवा नगरपालिकामा अचेत अवस्थामा फेला परेका एक युवकको उपचार क्रममा मृत्यु भएको छ। शनिबार बिहान बरहथवा नगरपालिका–८, टाँडी बस्ने रामबहादुर साहका १९ वर्षका छोरा मुन्ना साह अचेत फेला परेका थिए। घरदेखि ४ सय मिटर पर छिमेकी शैलेन्द्र रामको पराल राख्ने खाली घरमा मुन्ना अचेत अवस्था भेटिएका हुन्।

त्यसपछि उनलाई नवजीवन अस्पताल बरहथवा पुर्‍याइए पनि चिकित्सकले मृत घोषणा गरेका इलाका प्रहरी कार्यालय बरहथवाले जानकारी दिएको हो। मुन्नाको घाँटीमा नीलडाम देखिएको थियो।परालको टालनजिकै सोही ठाउँकी एक युवतीले मुन्नालाई देखेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। सूचना पाएलगत्तै इलाका प्रहरी कार्यालय बरहथवाका प्रहरी नायब उपरीक्षक गौतम थापाको नेतृत्वको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीकै सहायतामा उनलाई बरहथवाकै नवजीवन अस्पताल लगिए पनि मुन्नाको मृत्यु भइसकेको थियो।घटना शंकास्पद देखिएको भन्दै प्रहरीले गहिरो अनुसन्धान थालेको बताएको छ। ती युवक प्रेमिकालाई भेट्न मध्यराति पुगेका तर उनको कसैले हत्या गरेको हुन सक्ने नाम नबताउने शर्तमा एक स्थानीयले  बताए। शव परीक्षणका लागि प्रादेशिक अस्पताल मलंगवा पठाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
भारतबाट ल्याइँदै गरेको गाईको मासु सहित सर्लाहीमा दुई जना पक्राउ
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जलेश्वरका मेयर, उपमेयर र प्रमुख प्रशासकीय अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
जापान पठाइदिने भन्दै २१९ जनालाई ठगेको आरोपमा २ जना पक्राउ
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
मेक्सिकन नौसेनाको जहाज दुर्घटनामा २ जनाको मृत्यु, १९ जना घाइते
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
पेरिसडाँडा अवलोकनपछि प्रचण्डले भने– नयाँ र भव्य पार्टी कार्यालय बनाइने छ
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
दुर्घटनाग्रस्त जहाजमा गुजरातका पूर्वमुख्यमन्त्री विजय रुपाणी पनि परेको आशङ्का
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
महाधिवेशन पार्टीलाई वैधानिकतातर्फ लैजाने बाटो हो : रवि लामिछाने
कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल
कुवेतविरुद्ध पहिले बलिङ गर्दै नेपाल
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
आज ११२औं बिपी जन्मजयन्ती मनाइँदै
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने
सेयर बजारमा पेन्सन कोष र गैरआवासीय नेपालीको सहभागिता गराइने