Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
४७ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम

सारांश

  •   अखिल (क्रान्तिकारी) ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’को घोषणा गरेको छ ।
  • आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ ।
  • नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल (क्रान्तिकारी) र नेकपा (मसाल) निकट अखिल (छैटौं) सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ ।

१ असार, काठमाडौं । 

अखिल (क्रान्तिकारी) ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’को घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल (क्रान्तिकारी) र नेकपा (मसाल) निकट अखिल (छैटौं) सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अखिल(क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सरकारले अघोषितरुपमा शिक्षालाई निजिकरण गर्न लागेकोले आफूहरुले संघर्षको घोषणा गर्नु परेको बताए ।संविधान र कानुन विपरित शिक्षालाई व्यापारीकरण गरिएको बताउँदै श्रेष्ठले भने, ‘सरकारमा रहने मान्छेहरुकै निजी कलेज र विद्यालयहरु भएकाले त्यसलाई आमजनताको पहुँच बाहिर महाँगो र लुटी खाने धन्दा बनाएका छन्, अब त्यसविरुद्ध हामी निर्णायक लडाईँ लड्छौं ।

’संगठनका कार्यालय सदस्य नविन खड्काले सरकारी शिक्षालयहरुलाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउने र निजीलाई आफ्नो कमाई खाने भाँडो बनाएको आरोप लगाए । खड्काले एनओसी प्लस्टुमा नदिई स्नातक तहपछि मात्रै दिनुपर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखे ।कार्यालय सदस्य दिपक विष्टले सरकारी तथा सामुदायीक क्याम्पसमा विद्यार्थीहरु सुकाउने र निजी तथा विदशी सम्बन्धनका कलेजहरुलाई मोटाउने वातावरणको अन्त्य गरिनु पर्ने बताए । कार्यालय सदस्य नेत्र शाहीले देशमा शिक्षा क्षेत्रमा भ्रष्ट र दलालहरुको विगविगी बढेकाले त्यसको अन्त्य गर्न आफूहरुले उनिहरुविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए । कार्यालय सदस्य सोभा सेन्चुरीले प्रेस विज्ञप्ति वाचन गर्दै १० बुँदे ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को बारेमा जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
मधेशमा छिट्टै कांग्रेस नेतृत्वमा सरकार बन्छः सभापति देउवा
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
दमकल संचालन गर्न नेपाली सेनासँग ईश्वरपुर नगरपालिकाको साझेदारी
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
नेप्सेका नवनियुक्त सीईओ चापागाईंले बुझे नियुक्ति पत्र
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
लुम्बिनी प्रदेश प्रमुखद्वारा प्रदेशको सातौं अधिवेशन आह्वान
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
सार्वजनिक संस्थानको नाफा साढे ४२ अर्ब नाघ्यो, १५ संस्था घाटामा
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
त्रिशुलीमा ट्याक्सी खस्दा मृत्यु भएका पाँचै जनाको खुल्यो परिचय
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
प्रतिनिधि सभाको बैठक बस्दै, छैन कार्यसूचीमा अध्यादेश
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द
पहिरोका कारण कान्ति लोकपथ पूर्णरूपमा बन्द
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ
खुकुरी प्रहारको आरोपमा पुरानो बसपार्कबाट २ जना पक्राउ