अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, आषाढ १, २०८२
|
|
३४ पटक हेरिएको
Shares
अखिल क्रान्तिकारीले असार १५ देखि देशव्यापी संघर्ष गर्ने, यस्ता छन् कार्यक्रम

सारांश

  •   अखिल (क्रान्तिकारी) ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’को घोषणा गरेको छ ।
  • आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ ।
  • नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल (क्रान्तिकारी) र नेकपा (मसाल) निकट अखिल (छैटौं) सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ ।

१ असार, काठमाडौं । 

अखिल (क्रान्तिकारी) ले असार १५ देखि ३० गतेसम्म पहिलो चरणमा देशव्यापी ‘विद्यार्थी जागरण तथा शैक्षिक संघर्षको अभियान’को घोषणा गरेको छ । आइतबार राजधानीको संवाद डबलीमा पत्रकार सम्मेलनको आयोजना गरी सरकारले अघोषितरुपमा शिक्षालाई निजीकरण तथा व्यापारीकरण गर्न लागेकोले आफूहरुले सघर्ष गर्नु परेकोसमेत जनाएको छ ।

नेकपा (क्रान्तिकारी माओवादी) र नेकपा (बहुमत) निककट दुई अखिल (क्रान्तिकारी) र नेकपा (मसाल) निकट अखिल (छैटौं) सहित ३ वटा विद्यार्थी संगठनले जेठ २८ र २९ गते एकता राष्ट्रिय सम्मेलन आयोजक समितिको बैठकले संघर्षको घोषणा गरेको जनाएको छ । पत्रकार सम्मेलनमा बोल्दै अखिल(क्रान्तिकारी)का संयोजक महेश श्रेष्ठले सरकारले अघोषितरुपमा शिक्षालाई निजिकरण गर्न लागेकोले आफूहरुले संघर्षको घोषणा गर्नु परेको बताए ।संविधान र कानुन विपरित शिक्षालाई व्यापारीकरण गरिएको बताउँदै श्रेष्ठले भने, ‘सरकारमा रहने मान्छेहरुकै निजी कलेज र विद्यालयहरु भएकाले त्यसलाई आमजनताको पहुँच बाहिर महाँगो र लुटी खाने धन्दा बनाएका छन्, अब त्यसविरुद्ध हामी निर्णायक लडाईँ लड्छौं ।

’संगठनका कार्यालय सदस्य नविन खड्काले सरकारी शिक्षालयहरुलाई आफ्ना कार्यकर्ता भर्ति केन्द्र बनाउने र निजीलाई आफ्नो कमाई खाने भाँडो बनाएको आरोप लगाए । खड्काले एनओसी प्लस्टुमा नदिई स्नातक तहपछि मात्रै दिनुपर्ने निर्णय तत्काल कार्यान्वयन गर्नुपर्ने माग राखे ।कार्यालय सदस्य दिपक विष्टले सरकारी तथा सामुदायीक क्याम्पसमा विद्यार्थीहरु सुकाउने र निजी तथा विदशी सम्बन्धनका कलेजहरुलाई मोटाउने वातावरणको अन्त्य गरिनु पर्ने बताए । कार्यालय सदस्य नेत्र शाहीले देशमा शिक्षा क्षेत्रमा भ्रष्ट र दलालहरुको विगविगी बढेकाले त्यसको अन्त्य गर्न आफूहरुले उनिहरुविरुद्ध कडा संघर्ष गर्ने चेतावनी दिए । कार्यालय सदस्य सोभा सेन्चुरीले प्रेस विज्ञप्ति वाचन गर्दै १० बुँदे ‘विद्यार्थी जागरण तथा शैक्षीक संघर्षको अभियान’को बारेमा जानकारी दिइन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
एमाले सचिवालय बैठक आज, समानुपातिक बन्द सूची र केन्द्रीय नेताहरूको कार्य विभाजन टुंग्याइने
उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
उपेन्द्रले ओली-देउवासँग मागे मधेशको मुख्यमन्त्री
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
सुनकोसी–मरिण आयोजना ठप्प, ठेकेदारको लापरबाहीले बाँध निर्माण अलपत्र
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
३९ सुरक्षा विशेषतासहितको नयाँ स्मार्ट लाइसेन्स : नक्कली बनाउन असम्भव, अफलाइनमै जाँच गर्न सकिने
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
लागुऔषध गाँजासहित गाडी नियन्त्रणमा
५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण
५३ लाख लागतमा विद्यालयको पक्की भवन निर्माण
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट
प्रधानमन्त्रीसँग अन्तरराष्ट्रिय गोलरक्षक बुफनको भेट
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
जनकपुर भन्सार कार्यालय बाट रु ३४ करोड २८ लाख राजस्व सङ्कलन
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
विश्वासको मत लिने भनेका मुख्यमन्त्री अनुपस्थित भएपछि मधेश प्रदेश सभा बैठक स्थगित
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई
द्वन्द्वग्रस्त मुलुकमा शान्तिसुरक्षा र मानवीय सहायतामा नेपालको महत्वपूर्ण भूमिका छः रक्षामन्त्री राई