स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
८१ पटक हेरिएको
Shares
स्वास्थ्य सेवा विभागका तत्कालीन प्रशासक सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा, २ करोड बिगो

सारांश

  • अर्जुन प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
  • अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार डा.
  • सापकोटा र उनकी पत्नीलाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

स्वास्थ्य सेवा विभागका तत्कालीन वरिष्ठ स्वास्थ्य प्रशासक (दशौं तह) डा. अर्जुन प्रसाद सापकोटाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले शुक्रबार डा. सापकोटा र उनकी पत्नीलाई समेत प्रतिवादी बनाउँदै विशेष अदालतमा मुद्दा दायर गरेको हो।

सापकोटाले स्वास्थ्य मन्त्रालय अन्तर्गतका विभिन्न कार्यालयमा कार्यरत रहँदा गैरकानुनी रुपमा आयआर्जन गरेको उजुरी अख्तियारमा परेको थियो। अनुसन्धानको क्रममा उनको सेवा अवधिमा वैध आम्दानीभन्दा दुई करोड तीन लाख ९४ हजार ६१५ रूपैयाँ बढी फेला परेको अख्तियारको दाबी छ। अख्तियारले बढी देखिएको सम्पत्ति बराबर बिगो कायम गर्दै मुद्दा दायर गरेको हो।

सापकोटाको सुरू नियुक्ति २०५३ साउन २५ गतेदेखि २०८० वैशाख ३० गतेसम्मको अवधिको आय–व्यायमा अनुसन्धान गरेको थियो।

जुन अवधिमा तीन करोड ३५ लाख ७७ हजार २६० रुपैयाँ वैध आम्दानी देखिएको छ। तर यही अवधिमा उनको खर्च पाँच करोड ३९ लाख ७१ हजार ८७५ रुपैयाँ देखिएको अख्तियारको दाबी छ।

बढी देखिएको खर्चको आम्दानी उनले पुष्टि गर्न नसकेपछि भ्रष्टाचारको आरोपमा मुद्दा दायर गरिएको हो। उनीहरु दुवैको नाममा रहेको सम्पत्ति समेत जफत गर्न अख्तियारको माग छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु
राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु
यस्तो छ तपाइको आजको राशिफल
यस्तो छ तपाइको आजको राशिफल
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
कुलेखानी-कलंकी-हुमाने सडक आजदेखि १९ दिन बन्द हुने
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
सुरक्षा निकायको धर्म भनेकै शान्ति सुरक्षा कायम गर्नु हो : राष्ट्रपति
सगरमाथा संवादको तयारी अन्तिम चरणमा :
सगरमाथा संवादको तयारी अन्तिम चरणमा :
लागू औषधसहित ४ जना पक्राउ
लागू औषधसहित ४ जना पक्राउ
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
यलुङ रि हिमाल आरोहणमा हराएकाको खोजीकार्य स्थगित, पाँच जना अझै बेपत्ता
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताका लागि दुई नयाँ खेलाडीसहित नेपाली टोली घोषणा
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
रास्वपा र बालेनबीच एकता सहमति, बालेन भावी प्रधानमन्त्रीको उम्मेदवार
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी
खामेनीको मृत्यु पछि इरानमा ४० दिन राष्ट्रिय शोक घोषणा, नयाँ उत्तराधिकारी चयनको तयारी