सगरमाथा संवादको तयारी अन्तिम चरणमा :

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख २९, २०८२
|
|
६३ पटक हेरिएको
Shares
सगरमाथा संवादको तयारी अन्तिम चरणमा :

सारांश

  • काठमाडौंमा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रमको पहिलो संस्करणमा विश्वका दुई दर्जन देशबाट उच्चस्तरीय सहभागिता हुने भएको छ ।
  • नेपाल सरकारले आयोजना गर्ने कार्यक्रममा हालसम्म करिब पाँच दर्जन अन्तर्राष्ट्रिय संघसंस्थाले सहभागिता जनाउने निश्चित भएको छ ।
  • “नेपालले पहिलोपटक आयोजना गर्न लागेको संगरमाथा संवादमा सहभागी हुन सोचेभन्दा बढीको कन्फर्मेसन आएको छ,” सगरमाथा संवाद समितिको मिडिया कमिटीका संयोजक तथा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले  भने, “यसले हामीलाई उत्साहित बनाएको छ ।

 

२९ वैशाख, काठमाडौं ।

काठमाडौंमा जेठ २ देखि ४ गतेसम्म आयोजना हुने सगरमाथा संवाद कार्यक्रमको पहिलो संस्करणमा विश्वका दुई दर्जन देशबाट उच्चस्तरीय सहभागिता हुने भएको छ । नेपाल सरकारले आयोजना गर्ने कार्यक्रममा हालसम्म करिब पाँच दर्जन अन्तर्राष्ट्रिय संघसंस्थाले सहभागिता जनाउने निश्चित भएको छ ।

“नेपालले पहिलोपटक आयोजना गर्न लागेको संगरमाथा संवादमा सहभागी हुन सोचेभन्दा बढीको कन्फर्मेसन आएको छ,” सगरमाथा संवाद समितिको मिडिया कमिटीका संयोजक तथा परराष्ट्र मन्त्रालयका सहसचिव लोकबहादुर पौडेल क्षेत्रीले  भने, “यसले हामीलाई उत्साहित बनाएको छ ।” उच्चस्तरीय टोलीमा विभिन्न देशका सरकार प्रमुख, विदेशमन्त्री, मन्त्री छन् । उनीहरू आफ्नो देशको प्रतिनिधिमण्डलको नेतृत्व गर्दै टिमसहित नेपाल आउनेछन् । अहिलेसम्म दुई दर्जन प्रतिनिधिमण्डल सगरमाथा संवादमा सहभागी हुन नेपाल आउने पक्का भएको छ ।

जलवायु परिवर्तनसँग सम्बन्धित र यस क्षेत्रमा काम गरिरहेका विश्वका करिब पाँच दर्जन अन्तर्राष्ट्रिय संस्थाका प्रतिनिधि पनि सगरमाथा संवादमा सहगभागी हुनेछन् । तीनदिन काठमाडौंको होटल सोल्टी क्राउन प्लाजामा चल्ने सगरमाथा संवादमा उद्घाटन कार्यक्रमपछि १२ वटा फरकफरक सेसन हुनेछन् । ती सेसनमा जलवायु परिवर्तन, यसको प्रभाव तथा चुनौती र समाधानका उपायका सम्बन्धमा विज्ञ, जानकार र नीति निर्माताबीच बृहत् छलफल हुनेछ । जलवायु परिवर्तनबाट सबैभन्दा प्रभावित देशमध्ये एक हो, नेपाल । जलवायु परिवर्तन निम्त्याउनुमा नेपालको कुनै हात छैन, तर परिणाम भने भोग्नुपरेको छ । विकसित र धनी राष्ट्रले गरको कार्वन उत्सर्जनका कारण जलवायु परिवर्तनजस्ता समस्या देखिएका छन् । जलवायु परिवर्तनका कारण बढेको तापक्रमले गर्दा नेपालका हिमालमा रहेको हिउँ पग्लिरहेको छ, हिमाल कालो पत्थरमा परिणत हुँदै गएका छन् । हिमताल विस्फोट भइरहेका छन्, यो जोखिम बर्सेनि बढ्दो छ । मनसुनमा परिवर्तन आइरहेको छ । अत्यधिक वर्षा र खडेरी दुवै बढेको छ ।

जलवायु परिवर्तनको प्रभाव हिमालय क्षेत्रमा बसोबास गर्ने स्थानीय समुदाय र आदिवासीका लागि विशेष गरी गम्भीर बनेको छ । यी परिवर्तनको परिणामस्वरूप स्थानीय समुदायले आफ्नो मातृभूमिबाट जबरजस्ती बसाइँसराइको सामना गरिरहेका छन् । यसले उनीहरूको सांस्कृतिक सम्पदा र परम्परामा क्रमिकरूपमा असर गरिरहेको छ । यिनै मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्न नेपालले सगरमाथा संवादको आयोजना गरेको हो । “यो हामी सबैको कार्यक्रम हो । यो देशको कार्यक्रम हो, यसमा सबैले गौरव गर्नुपर्छ,” क्षेत्रीले भने । पृथ्वीको भविष्य र मानव जातिको भविष्य सुनिश्चित गर्न सगरमाथा संवादको आयोजना गर्न लागिएको हो । विश्वको साझा समस्या समाधान गर्न साझा प्रयास अगाडि बढाउने हेतुले कार्यक्रमको आयोजना गरिएको भनाइ नेपालको छ ।

सगरमाथा संवादको उद्देश्य जलवायु परिर्तनका मुद्दा सम्बोधन गर्न एक ठाउँमा बसेर छलफल गर्ने, समस्या पहिचान गर्ने  र समाधान निकाल्ने हो । सगरमाथा संवादको पहिलो संस्करणको थिम ‘जलवायु परिवर्तन, हिमाल र मानव जातिको भविष्य’ रहेको छ । यस कार्यक्रमलाई अन्तर्राष्ट्रियस्तरमा नेपालको उपस्थितिका लागि एक महत्त्वपूर्ण प्लेटफर्मको रूपमा हेरिएको छ ।“जलस्रोत तथा पर्यावरणको मुख्य स्रोतका रूपमा रहेका नेपालका हिमाल पग्लिने क्रम बढ्दै गएको तथा नेपालले जलवायु परिवर्तनको अकल्पनीय क्षति बेहोरिरहेको वर्तमान अवस्थाको सामूहिक वकालत गर्न तथा नेपालले विश्व मञ्चहरूमा उठाउँदै आएको जलवायु न्यायको आवाजलाई थप बुलन्द पार्न यो सम्मेलन महत्त्वपूर्ण हुनेछ,” केही दिनअघि परराष्ट्रमन्त्री आरजु राणा देउवाले एक कार्यक्रममा भनेकी थिइन् । जलवायु परिवर्तनबाट प्रभावित समुदाय, वैज्ञानिक, नीति निर्माता, पर्वतारोही, विश्वका नेताहरू एवं अन्तर्राष्ट्रिय संघसंगठनलाई छलफल र प्रतिबद्धताका लागि एकसाथ ल्याउने प्रयास नेपालले सगरमाथा संवादमार्फत गर्न लागेको हो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
स्थानीय सरकारले गाउँगाउँमा सिंहदरबार पु-याएको छः प्रधानमन्त्री
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
मुख्यमन्त्री सरोज कुमार यादवले बुधबार विश्वासको मत लिने
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
पहिचान पक्षधरलाई प्रधानमन्त्रीको आग्रह– राजनीतिक नेतृत्वमा गोलबन्द हुनुहोस्
चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा प्रस्थान
चितवन पुगे रवि लामिछाने, स्थलमार्गबाट भैरहवा प्रस्थान
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रतिनिधिसभाको बैठक बस्दै, प्रधानमन्त्रीले सांसदका प्रश्नको जवाफ दिने
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से
प्रि ओपन सेसन : २१ अंकले बढ्यो नेप्से
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता जारी
गृहमन्त्री अर्याल र दुर्गा प्रसाईंबीच वार्ता जारी
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
पहाडी भूभागका केही स्थानमा भारी वर्षाको सम्भावना
संसद् भवनमा विपक्षी दलको बैठक
संसद् भवनमा विपक्षी दलको बैठक
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने
काठमाडौँको ट्राफिक व्यवस्थापनमा कडाइ : लामो दूरीका गाडी बसपार्कबाट मात्रै छुट्ने