आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २३, २०८२
|
|
२८ पटक हेरिएको
Shares
आईपीएल क्रिकेट : अक्सनका लागि ३५० जनाको नाम सार्वजनिक, परेनन् नेपाली खेलाडी

सारांश

  •   इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आगामी संस्करणको अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) का लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अन्तिम सूची सार्वजनिक गरेको छ ।
  • अक्सनका लागि नाम दर्ता गराएका मध्येबाट बीसीसीआईले एक हजार पाँच जना खेलाडीको नाम हटाएको छ ।
  • सन् २०२६ को एनपीएलको अक्सनका लागि सार्वजनिक गरिएको पछिल्लो सूचीमा तीन सय ५० जना खेलाडीको नाममात्र समावेश गरिएको छ ।

२३ मंसिर, भारत । 

इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटको आगामी संस्करणको अक्सन (खेलाडी खरिद–बिक्री प्रक्रिया) का लागि भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बीसीसीआई) ले अन्तिम सूची सार्वजनिक गरेको छ । अक्सनका लागि नाम दर्ता गराएका मध्येबाट बीसीसीआईले एक हजार पाँच जना खेलाडीको नाम हटाएको छ । सन् २०२६ को एनपीएलको अक्सनका लागि सार्वजनिक गरिएको पछिल्लो सूचीमा तीन सय ५० जना खेलाडीको नाममात्र समावेश गरिएको छ ।

बीसीसीआईले सार्वजनिक गरेको सूचीमा दक्षिण अफ्रिकाका प्रभावशाली क्रिकेटर क्विन्टन डी काकको नाम पनि समावेश गरिएको छ । अक्सनको सूचीम विकेटकिपर ब्याट्सम्यान डी काकको नाम देखेपछि धेरै क्रिकेटप्रेमी आश्चर्यमा परेका छन् । क्विन्टन डी काकले केही समयअघि मात्र अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्‍यास लिएका थिए । उनले अब फ्रेन्चाइज प्रतियोगिता पनि नखेल्ने अनुमान गरिएको थियो । भारतविरुद्ध विशाखापट्टनममा सम्पन्न तेस्रो एकदिवसीय अन्तर्राष्ट्रिय खेलमा शतक प्रहार गरेपछि डी काकले आईपीएलको अक्सनमा सहभागी हुने निर्णय लिएको दाबी समाचारमा गरिएको छ ।

आगामी अक्सनका लागि डी काकले आफ्नो आधारभूत मूल्य एक करोड रुपैयाँ तोकेका छन् । अघिल्लो संस्करणको अक्सनमा उनले आफ्नो न्यूनतम् मूल्य दुई करोड भारतीय रुपैयाँ तोकेका थिए । अघिल्लो सिजन उनले कोलकाता नाइट राइडर्सबाट खेलेका थिए । सन् २०२६ को अक्सनका लागि घोषित सूचीमा ३५ जना नयाँ खेलाडी छन् । श्रीलंकाका त्रिवेन म्याथ्यू, बिनुरा फर्नान्डो, कुसल परेरा र दुनिथ वेलालागे पनि सूचीमा परेका छन् । अफगानिस्तानका अरब गुल र वेस्ट इन्डिजका अकिम अगस्टे पनि सूचीमा छन् । यसका अतिरिक्त, भारतीय खेलाडी सदेक हुसैन, विष्णु सोलङ्की, सागर सोलङ्की, परिक्षीत वलसंगकर र इजाज सावरियाको नाम पनि अप्रत्यासित रुपमा सूचीमा समावेश गरिएको छ । आगामी आईपीएलको अक्सनका लागि केही नेपाली खेलाडीले पनि आफ्नो नाम दर्ता गराएका थिए । तर, नेपाली खेलाडीहरू तीन सय ५० जनाको सूचीमा भने परेका छैनन् । आगामी आईपीएलका लागि डिसेम्बर १६ तारिखमा आबुधाबीमा अक्सन हुँदैछ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
घाइतेहरुलाई शरीरको भन्दापनि आन्दोलनको म्यान्डेटको चिन्ता छ : मन्त्री पुन
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
सिँचाइ आयोजनामा भ्रष्टाचार आरोपमा इन्जिनियरसहित ७ जनाविरुद्ध मुद्दा
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
कर्णाली प्रदेशसभाको हिउँदे अधिवेशन अन्त्य
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
आठ करोडको लगानीमा निर्माण गरेकोे सभागृह प्रयोग विहीन
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
रुपन्देही–३ मा माओवादी केन्द्रले आफ्नै उम्मेदवार उठाउने
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
सप्तकोशी बस दुर्घटनामा परेका २० जनाको उद्धार (अपडेट)
सवा ६ अर्ब नाफामा नेपाल टेलिकम
सवा ६ अर्ब नाफामा नेपाल टेलिकम
एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
एकैदिन पाँच हजारले बढ्यो सुनको मूल्य, चाँदीमा पनि भारी वृद्धि
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
कपिलवस्तुमा ग्यास लिक भएर आगलागी हुँदा जलेर दाजुबहिनीको मृ*त्यु
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना
संसद्‍मा रामहरिले सुनाए खानेपानीमन्त्री हराएको सूचना