Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, फाल्गुन ३०, २०८२
|
|
४१ पटक हेरिएको
Shares
योगेशको अभिव्यक्तिमा शंकरको आशंका : अधुरो अंश मात्र सम्प्रेषण भयो की ?

सारांश

  • नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् ।
  • उपमहाचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए ।
  • महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।

 

३० फागुन,काठमाडौं ।

नेकपा एमालेका महासचिव शंकर पोखरेलले योगेश भट्टराईको महासचिवले जिम्मेवारी नदिएको भन्ने अभिव्यक्तिको खण्डन गरेका छन् । उपमहाचिव भट्टराईले एक अन्तर्वार्तामा चुनावमा आफूले महासचिवसँग जिम्मेवारी मागेको तर नपाएको अभिव्यक्ति दिएका थिए । महासचिव पोखरेलले भट्टराईलाई जिम्मेवारी नदिएको भन्ने कुरा गलत भएको दाबी गरेका छन् ।

‘अहिले सामाजिक सञ्जालमा योगेशजीले निर्वाचनका समयमा महासचिवसँग जिम्मेवारी माग्दा नपाएको भन्ने चर्चा भएको रहेछ,’ उनले फेसवुकमा लेखेका छन, ‘झतर मैले उहाँलाई वक्ताका रूपमा माग भएका स्थानहरूमा मिलेसम्म गइदिन अनुरोध गरेको कुरा भने कतै उल्लेख भएको देखिनँ ।

महासचिव पोखरेलले आफूले समय मिलेमा दाङमा समेत आउन अनुरोध गरेको भन्दै भट्टराईले ताप्लेजुङ जानुपर्ने बताउँदै दाङ नगएको उल्लेख गरेका छन् । त्यसलाई आफूले स्वाभाविक रूपमा लिएको भन्दै उनले तर अहिले योगेशका नाममा सम्प्रेषित समाचारबाट भने आफू आश्चर्यचकित भएको बताएका छन् । योगेशको भनाईको अधुरो अंश मात्र सम्प्रेषण भएको हुन सक्ने भन्दै उनले भ्रम नपरोस भनेर मात्र आफूले स्पष्ट पारेको बताएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त  (तस्वीरहरू)
उपत्यकाको ट्राफिक व्यवस्थापन अस्तव्यस्त (तस्वीरहरू)
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
धनौजी गाउँपालिकाका तत्कालीन अध्यक्ष, उपाध्यक्षसहित ९ जनाविरूद्ध भ्रष्टाचार मुद्दा
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
नेपाली सेनामा भर्ना खुल्यो (सूचनासहित)
३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु
३ वर्षमा ७३१ अन्तर्राष्ट्रिय उडान, ४५ हजार यात्रु
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
मौसम पूर्वानुमान : यी चार प्रदेशमा आज भारी वर्षाको सम्भावना
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
सिमलताल घटनाको एक वर्ष : अझै पत्तो छैन ३९ यात्रुको अवस्था
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
पीएम कप महिला क्रिकेटमा एपीएफको लगातार दोस्रो जित
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
प्रधानमन्त्री ओली र अमेरिकी राष्ट्रपति वाइडेनबीच भेटवार्ता
रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो
रवि लामिछानेको मुद्दामा उच्च अदालतले कैफियत प्रतिवेदन माग्यो