जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १, २०८२
|
|
४४ पटक हेरिएको
Shares
जसपा नेपालको केन्द्रीय समन्वय समितिको प्रथम बैठक सुरु

सारांश

  • जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपश्चात गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक केहीबेरअघि सुरु भएको छ ।
  • बिहिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको छ।
  • बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ ।

‎काठमाडौँ १, माघ ।

जनता समाजवादी पार्टी नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी नेपालबीच एकीकरण भएपश्चात गठन गरिएको ४८ सदस्यीय केन्द्रीय समन्वय समितिको प्रथम बैठक केहीबेरअघि सुरु भएको छ ।
बिहिबार दिउँसो पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा आह्वान गरिएको बैठकमा पार्टीका संरक्षक महन्थ ठाकुर, अध्यक्ष उपेन्द्र यादवसहित केन्द्रीय समन्वय समितिका सदस्यहरूको उपस्थिति रहेको छ। बैठकमा पार्टी एकीकरणपछिको सांगठनिक संरचना, समन्वय, भावी कार्यदिशा तथा समसामयिक राजनीतिक गतिविधिबारे छलफल भइरहेको छ ।

‎विशेषगरी यही माघ ११ गते हुने राष्ट्रिय सभाको निर्वाचन र फागुन २१ गते हुने प्रतिनिधि सभाको निर्वाचनसम्बन्धी विषयमा केन्द्रित रहेर छलफल सुरु गरिएको छ । निर्वाचनमा पार्टीको रणनीति, उम्मेदवार चयन र व्यवस्थापन तथा गठबन्धनसम्बन्धी एजेन्डाहरूमा विचार–विमर्श भैरहेको जनाइएको छ ।
बैठकमा एजेन्डागत रुपमा नेताहरुले आ–आफ्नो सुझावसहित विचार राख्ने क्रम जारी छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ
सामाजिक सद्‌भावमा खलल पुर्‍याउने ८ जना पक्राउ
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
तिखो प्रश्न गर्ने जगदीशलाई सञ्चार मन्त्रालयकै जिम्मा
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
सुन आयातको कोटा बढाइयो, दैनिक २५ किलोसम्म आयात गर्न पाइने
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
भारतीय प्रधानन्यायाधीश भूषण रामकृष्ण गवईले गरे लुम्बिनी भ्रमण
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो
कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बोलाइयो
७ खर्ब ३३ अर्ब नाघ्यो बेरुजु, एक वर्षमै ९१ अर्ब ५९ करोड थप
७ खर्ब ३३ अर्ब नाघ्यो बेरुजु, एक वर्षमै ९१ अर्ब ५९ करोड थप
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
बुद्धजयन्तीका अवसरमा पनौती–नमोबुद्ध शान्ति पदयात्रा
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
१६ दिनदेखि अवरुद्ध हुँदै आएको प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्ने
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
कांग्रेसको पदाधिकारी र पूर्वपदाधिकारीको बैठक बस्दै
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च
आजदेखि सुरु भयो नयाँ आर्थिक वर्ष, गत आवको ८२ प्रतिशत बजेट मात्रै खर्च