राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, भाद्र २१, २०८२
|
|
१६ पटक हेरिएको
Shares
राप्रपा निर्वाचन क्षेत्र नम्बर १ मकवानपुरको दोस्रो क्षेत्रीय अधिवेशन सुरु

सारांश

  • राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय अधिवेशन शनिबार हेटौंडामा सुरु भएको छ ।
  • कार्यक्रममा प्रमुख अतिथिको रूपमा राप्रपाका सांसद दीपक बहादुर सिंहको उपस्थिति रहेको थियो ।
  • अधिवेशनको औपचारिक सुरुवातको क्रममा राष्ट्रिय गानको ठाउँमा ‘श्रीमान् गम्भीर र नेपाली’ गीत बजाइएको थियो, जसले सम्पूर्ण उपस्थित दलीय कार्यकर्ता तथा शुभेच्छुकहरूमा राष्ट्रिय भावनाको उत्साह थपेको थियो ।

२१ भदौ, हेटौंडा ।

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुर क्षेत्र नम्बर १ को दोस्रो क्षेत्रीय अधिवेशन शनिबार हेटौंडामा सुरु भएको छ । कार्यक्रममा प्रमुख अतिथिको रूपमा राप्रपाका सांसद दीपक बहादुर सिंहको उपस्थिति रहेको थियो ।
अधिवेशनको औपचारिक सुरुवातको क्रममा राष्ट्रिय गानको ठाउँमा ‘श्रीमान् गम्भीर र नेपाली’ गीत बजाइएको थियो, जसले सम्पूर्ण उपस्थित दलीय कार्यकर्ता तथा शुभेच्छुकहरूमा राष्ट्रिय भावनाको उत्साह थपेको थियो । गीतको धुनसँगै कार्यक्रम स्थलमा विशेष प्रकारको उत्साह र गर्वको माहोल देखिएको थियो ।

प्रमुख अतिथि सिंहले देशको वर्तमान राजनीतिक अवस्थाबारे टिप्पणी गर्दै राप्रपालाई वैकल्पिक शक्तिका रूपमा स्थापित गर्न सबै नेता, कार्यकर्ता र युवाहरूलाई संगठित भएर लाग्न आग्रह गरे। उनले अनुशासन, इमानदारी र राष्ट्रियताको भावना राप्रपाको मूलमन्त्र भएको उल्लेख गरे । अधिवेशनमा मकवानपुरका क्षेत्रीय प्रतिनिधि, स्थानीय नेता, युवा तथा महिला संगठनका प्रतिनिधिहरूको उल्लेखनीय उपस्थिति रहेको छ । अधिवेशनले नयाँ नेतृत्व चयन गर्नुका साथै संगठन सुदृढीकरण सम्बन्धी महत्वपूर्ण निर्णयहरू लिने अपेक्षा गरिएको छ । कार्यक्रममा सांस्कृतिक प्रस्तुति, सम्मान तथा संगठनात्मक छलफलहरू पनि समावेश गरिएका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
नेपाल प्रहरीमा भर्ना खुल्यो, कुन पदमा कति ?
फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
फोहोर बिक्रीका लागि काठमाडौँ महानगरद्वारा प्रस्ताव आह्वान
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
प्रतिनिधिसभामा पेस भयो चालू आवको आर्थिक सर्वेक्षण
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
गौशाला २६ को भन्दै तस्वीरहरु सार्वजनिक गर्नेमाथि साइबर ब्यूरोले थाल्यो छानबिन
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
जसपा अध्यक्ष यादवविरुद्ध झुठा मुद्दा भन्दै सर्लाहीमा विरोध प्रदर्शन
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
सुदूरपश्चिम पृतनाबाट सुरु भयो भूपू सैनिक सम्मेलन
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
एनसेलको शेयर खरिदबिक्रीविरुद्ध अनेरास्ववियुको विरोध प्रदर्शन
आफ्नै देशका नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा ५ बंगलादेशी पक्राउ
आफ्नै देशका नागरिकलाई नेपाल ल्याएर ठगी गरेको आरोपमा ५ बंगलादेशी पक्राउ
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)
कुलमान घिसिङको तीन वर्षे उपलब्धि सार्वजनिक (पूर्णपाठ)