कांग्रेसले खोस्यो चार जिल्ला सभापतिको जिम्मेवारी, महामन्त्रीलाई मुगु प्रवेश निषेध

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन २, २०८३
|
|
७४ पटक हेरिएको
Shares
कांग्रेसले खोस्यो चार जिल्ला सभापतिको जिम्मेवारी, महामन्त्रीलाई मुगु प्रवेश निषेध

सारांश

  • सभापति गगन थापाले कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसेका हुन्।
  • चारै जिल्लामा कार्यवाहक सभापति तोकेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।
  • जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहनेछ।

नेपाली कांग्रेसको यही असोज १६-१९ मा हुने १५औँ महाधिवेशनमा सहभागी नहुने जिल्ला सभापतिको जिम्मेवारी खोसेको छ।

सभापति गगन थापाले कञ्चनपुर, मुगु, डोटी र बागलुङका जिल्ला सभापतिको जिम्मेवारी खोसेका हुन्। चारै जिल्लामा कार्यवाहक सभापति तोकेको कांग्रेसका कार्यवाहक मुख्यसचिव कृष्णप्रसाद दुलालले बताए।

जिम्मेवारी खोसिए पनि उनीहरूको सभापति पद भने कायमै रहनेछ। कञ्चनपुरका सभापति पदम बोगटीको जिम्मेवारी खोसेर हरिचन्द्र रानालाई कार्यवाहक जिम्मेवारी दिइएको छ।

मुगुका सभापति ऐनबहादुर शाहीको जिम्मेवारी हरिजङ्ग शाहीलाई, डोटीका सभापति नरेन्द्रबहादुर सिंहको जिम्मेवारी नारायणबहादुर बलायरलाई र बागलुङका सभापति जित शेरचनको जिम्मेवारी खोसेर तारानाथ पौडेललाई कार्यवाहक तोकिएको दुलालले बताए।

जिल्ला सभापतिले जिम्मेवारी खोसिएकोमा आपत्ति जनाएका छन्। मुगु कांग्रेसले महामन्त्री गुरुराज घिमिरेलाई जिल्ला प्रवेश निषेधको निर्णय गरेको छ।

सभापति ऐनबहादुर शाहीलाई हटाएर हरिजंग शाहीलाई कार्यवाहक तोकेकोप्रति मुगु कांग्रेसले आपत्ति जनाएको छ। पार्टीका क्रियाकलापमा सक्रिय सहभागी भइरहेको अवस्थामा बिना जानकारी, विधान विपरीत महामन्त्री गुरुराज घिमिरेले कार्यवाहक सभापति तोकेको निर्णयप्रति खेद प्रकट गर्दै उनलाई मुगु जिल्लामा प्रवेश निषेध गर्ने निर्णय पारित गरिएको मुगु कांग्रेसको माइन्युटमा उल्लेख छ।

यस्तै जिम्मेवारी खोसिएका कञ्चनपुरका सभापति बोगटीले पार्टीको महाधिवेशन प्रक्रिया तत्कालका लागि स्थगित गर्न अपिल गरे। बिहीबार एक विज्ञप्ति प्रकाशित गर्दै उनले अदालतको फैसला नआउन्जेल महाधिवेशनका कार्यक्रम अघि नबढाउन उनको आग्रह छ। दुलालका अनुसार रामेछाप, बारा, कैलालीलगायका जिल्लामा यसअघि नै सभापतिको जिम्मेवारी खोसिएको थियो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

धनुषा निर्माण व्यावसायी संघको अध्यक्षमा दोस्रो पटक चौधरी विजयी
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
निर्वाचनका लागि सहयोग गर्ने चीनको प्रतिबद्धता
संघीय अस्पतालमा २ हजारभन्दा बढी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी
संघीय अस्पतालमा २ हजारभन्दा बढी जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन
विज्ञान प्रविधि तथा नवप्रवर्तन मन्त्री बन्दै महावीर पुन
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
रवि लामिछानेलाई पोखरा पुर्‍याइयो
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
आजको मौसम : तराई भूभागका केही स्थानहरूमा तातो दिन हुने सम्भावना
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
अहमदाबाद विमान दुर्घटना स्थल पुगे प्रधानमन्त्री मोदी
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
मध्यरातमा जाजरकोट केन्द्रबिन्दु भएर ५.९ म्याग्निच्युडको भुकम्प
अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित
अख्तियारको कारबाही ‘तल्लो तह’मै सीमित
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने