पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, बैशाख ३०, २०८२
|
|
१३ पटक हेरिएको
Shares
पशुपति क्षेत्रमा राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर गरिने

सारांश

  • भगवती मानवकल्याण सङ्गठनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा कार्यक्रम हुने जानकारी गराइएको हो ।
  • कार्यक्रममा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने सङ्गठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्रले राससलाई जानकारी दिनुभयो ।
  • शिविरमा भगवती मानवकल्याण सङ्गठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रष्टका संस्थापक-सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको सान्निध्यमा देशविदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने उहाँले दाबी गर्नुभयो ।

 

 ३० वैशाखः काठमाडौँ, 

आगामी जेठ २ र ३ गते नेपालमा पहिलो पटक निःशुल्क रूपमा ‘राष्ट्रसेवा शक्ति साधना नशामुक्ति शिविर’ को आयोजना हुने भएको छ । भगवती मानवकल्याण सङ्गठनले सोमबार यहाँ आयोजना गरेको पत्रकार सम्मेलनमा पाशुपत क्षेत्रस्थित पार्किङ चौरमा कार्यक्रम हुने जानकारी गराइएको हो । कार्यक्रममा नशामुक्तिका लागि देशविदेशबाट ३० हजारभन्दा बढीको सहभागिता रहने सङ्गठनका केन्द्रीय प्रवक्ता रमेशचन्द्र मिश्रले राससलाई जानकारी दिनुभयो ।

शिविरमा भगवती मानवकल्याण सङ्गठन एवं पञ्चज्योति शक्तितीर्थ सिद्धाश्रम ट्रष्टका संस्थापक-सञ्चालक धर्मसम्राट युग चेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजको सान्निध्यमा देशविदेशबाट हजारौँ मानिस एकसाथ नशामुक्त हुने उहाँले दाबी गर्नुभयो । माता भगवती आदिशक्ति जगत् जननी जगदम्बासँग पूर्ण एकाकार ऋषि धर्म सम्राट युगचेतना पुरुष परमहंस योगीराज श्री शक्तिपुत्रजी महाराजद्वारा शक्ति–साधनाको रहस्यबारे शिविरमा अवगत गराइने सङ्गठनकी नेपाल शाखा प्रमुख डा मिनु सिग्देलले जानकारी दिनुभयो । एक ऋषिको सान्निध्यमा अष्टाङ्ग योग, नवदा भक्ति एवं कुण्डली शक्तिका माध्यमबाट साधना पथमा उध्र्वगामी बन्ने ऐतिहासिक एवं दुर्लभ अवसर प्राप्त हुने उहाँको भनाइ छ । शिविरमा उपस्थित जनसमुदायलाई सद्गुरुदेव श्री शक्तिपुत्रजी महाराजको आध्यात्मिक, जनकल्याणकारी एवं चेतनात्मक चिन्तन सुन्ने सौभाग्य प्राप्त हुने उहाँले बताउनुभयो ।

दुई दिवसीय कार्यक्रममा पहिलो दिन बिहान ७ बजेदेखि ९ बजेसम्म योग ध्यान साधना शिविरको आयोजन गरिएको सङ्गठनका प्रचारमन्त्री नारायण सेढाइँले जानकारी दिनुभयो । दिउँसो २ बजेदेखि ५ बजेसम्म शक्तिपुत्रजी महाराजको चेतनात्मक प्रवचन हुने उहाँले बताउनुभयो ।यसैगरी साँझ ४ बजेदेखि ५ बजेसम्म माँ दुर्गा भवानीको दिव्य आरती हुने एवं कार्यक्रमको दोस्रो दिन बिहान ७ बजे गुरुदीक्षा कार्यक्रम हुने सङ्गठनले जनाएको छ । साथै शिविरमा निःशुल्क रूपमा शक्तिजल वितरण गरिने छ । नशाको लतका साथै मानसिक तनावबाट मुक्ति प्रदान गर्ने, नशासम्बन्धी समस्या परेकाहरूका लागि सहायक सिद्ध हुने जनाउँदै सेढाइँले शक्तिजल शिविरमा निःशुल्क प्राप्त गर्न सकिने बताउनुभयो । निःशुल्क रूपमा नशामुक्त हुन आह्वान गर्दै सङ्गठनले टोल फ्रि नम्बर १८१०५०००१४५ सार्वजनिक गरेको छ ।


भगवती मानवकल्याण सङ्गठन एक जनकल्याणकारी आध्यात्मिक संंस्था हो । यसले नशामुक्त, मांसाहार मुक्त, चरित्रवान्, चेतनावान्, परोपकारी एवं पुरुषार्थी समाज निर्माणका साथै जातिभेद, छुवाछुतलगायत सामाजिक विकृति हटाएर मानवताको पथमा अघि बढाउने कार्य गर्दै आएको छ । सङ्गठनले नशामुक्ति अभियान ‘नशामुक्त नेपाल–समृद्ध नेपाल’ अन्तर्गत पाँच हजारभन्दा बढी व्यक्तिलाई नशामुक्त बनाइसकेको छ । यसैगरी गत साउनदेखि शुभारम्भ भएको देशव्यापी एक करोड वृक्षरोपण अभियानअन्तर्गत ‘एक वृक्ष, राष्ट्रका नाममा’ आमजनसमुदायको सहयोगमा जारी रहेको सङ्गठनले जनाएको छ । यस्तै सङ्गठनले योग, ध्यान, साधनाका माध्यमबाट समाजमा आध्यात्मिक वातावारण सृजना गर्न निःशुल्क रूपमा विविध कार्यक्रमको आयोजना गर्दै आएको पत्रकार सम्मेलनमा जानकारी गराइएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
कैलाली ५: रास्वपा उम्मेदवार दोब्बर मतले अघि, प्रेम आले चौथो स्थानमा
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
उत्पादनबिनाको वितरणले समस्या निम्तायोः कांग्रेस उपसभापति गुरुङ
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
नेपाल क्रिकेट संघले शीर्ष ग्रेडका ६ जना खेलाडीहरुलाई मासिक एक लाख तलब , सेन्ट्रल कन्ट्र्याक्टमा ३० क्रिकेटर
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
दुई मैत्रीपूर्ण खेलका लागि बगंलादेशको फुटबल टोली नेपालमा
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
चिकित्सक तथा स्वास्थ्यकर्मीहरूको तलब तत्काल भुक्तानी गर्न मुख्यमन्त्रीको सिंहको निर्देशन
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
टिप्परको ठक्करबाट मोटरसाइकल चालकको मृत्यु
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू
रास्वपा केन्द्रीय सचिवालय बैठक सुरू
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
देशको आर्थिक रुपान्तरणमा गति दिन सरकार प्रतिबद्ध छ – प्रधानमन्त्रीको दाबी
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
मन्त्री चौधरीद्वारा कीर्तिपुर क्रिकेट रंगशालाको निरीक्षण, तोकिएको समयमै रंगशाला सम्पन्न हुने
बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा
बागमती प्रदेशका तीन जिल्लामा आज सार्वजनिक बिदा

तपाईंले छुटाउनुभयो कि?