सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, बैशाख १७, २०८१
|
|
३१ पटक हेरिएको
Shares
सिंहदरबार प्रवेश गर्न अब अनलाइनबाटै पास

सारांश

  • देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।
  • कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ ।
  • गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ ।

१७ वैशाख, काठमाण्डौ । देशको प्रमुख प्रशासनिक केन्द्र सिंहदरबारको प्रवेश व्यवस्थापनलाई सहज र प्रविधिमैत्री बनाउन अनलाइनबाटै प्रवेश पासको व्यवस्था गरिएको छ ।

कामका लागि सिंहदरबार प्रवेश गर्नेहरुलाई थप सहज र प्रविधिमैत्री बनाउने उद्देश्यले आजदेखि ई–गेट पास प्रणाली सञ्चालनमा ल्याइएको गृह मन्त्रालयले जनाएको छ । गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार ई–गेट पासका लागि वेबसाइटमा क्युआर कोडसहितको पास अनुरोध गर्नुपर्ने हुन्छ । मन्त्रालयबाट अनुरोध स्वीकृति भइसकेपछि मात्रै ई–गेट पास जारी हुनेछ र त्यो पास साथमा लिएर सिंहदरबार प्रवेश गर्न सकिने मन्त्रालयले जनाएको छ ।

ई–गेट पासका लागि वेबसाइट ‘सिंहदरबार पास डट जिओभी डट एनपी’ गएर आवेदन दिएर प्राप्त गर्न सकिनेछ । परीक्षणपछि सिंहदरबारभित्र रहेका सबै मन्त्रालय/निकायका लागि ई–गेट पास प्रणाली प्रयोग हुने मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ