एक करोड १५ लाख लिटर दूध प्रशोधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, बैशाख ४, २०८२
|
|
६२ पटक हेरिएको
Shares
एक करोड १५ लाख लिटर दूध प्रशोधन

सारांश

  • चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ ।
  • किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो ।
  • भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिनुभयो ।

४ वैशाख, भरतपुर ।

चितवन मिल्कले एक वर्षमा एक करोड १५ लाख लिटर दूध प्रशोधन गरेर पाउडर बनाएको छ । किसानबाट सङ्कलन भएको दूधबाट गत सालको चैत मसान्तसम्म सो परिमाणमा पाउडर दूध उत्पादन गरेको हो । भरतपुर महानगरपालिका–१ ठिमुरामा रहेको उद्योगले फागुन महिनासम्म दैनिक ४५ हजार लिटर दूध प्रशोधन गरेको प्रबन्धक दुर्गाप्रसाद पराजुलीले जानकारी दिनुभयो । गर्मी बढ्न थालेपछि दूध सङ्कलन घटेको छ । गत चैतमा दैनिक २५ हजार लिटरसम्म दूध सङ्कलन भएको उहाँले बताउनुभयो ।

“गर्मी बढ्न थालेपछि दहीको खपत बढी हुन्छ”, उहाँले भन्नुभयो, “पाउडर र बटर उत्पादनका लागि सङ्कलन हुने दूध पनि घट्छ ।” पाउडर र बटर बनाउनका लागि मेचीदेखि महाकालीसम्मका डेरीबाट दूध सङ्कलन हुने गरेको छ । “जसले दूध ल्याउँछ उनीहरूले नै उत्पादन भएको पाउडर र बटर लैजाने गरेका छन्”, उहाँले भन्नुभयो, “दश दिनसम्म यही ‘कोल्डस्टोर’मा राखिदिने गरेका छौँ ।”

पाउडर दूधे आइसक्रिम र बिस्कुट उद्योगमा खपत हुने गरेको छ । विसं २०७२ को भूकम्पपछि तीन वर्ष बन्द उद्योग पुनःसञ्चालन भएपछि उत्पादन भएको दूध बिक्री नहुने अवस्थाको अन्त्य भएको छ । जिल्ला दूध उत्पादक सहकारी सङ्घका अध्यक्ष किशोर बगालेले दूध प्रशोधन गरेर पाउडर दूध र बटर बनाउँदा किसान लाभान्वित भएका बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास
सर्लाहीमा मोबाइल व्यवसायीमाथि गो*ली प्रहार गरि लुटपाट प्रयास
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
संकटग्रस्त क्षेत्रको खानेपानी समस्या समाधान गर्न बजेट प्रबन्ध गर्न समितिको निर्देशन
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
आजको मौसमः यी स्थानमा भारी वर्षाको सम्भावना
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रधानमन्त्री कार्की र भारतीय राजदूतबीच सिंहदरबारमा भेट, पुनःनिर्माणमा सहयोग गर्ने भारतीय प्रतिबद्धता
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
प्रतिपक्षीको अवरोधपछि सुदूरपश्चिम प्रदेश सभा बैठक स्थगित
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
आर्थिक सुधार र सुशासनलाई केन्द्रमा राख्दै नेकपाको संक्षिप्त प्रतिबद्धता पत्र सार्वजनिक
लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
लागू औषध ब्राउन सुगरसहित ३ जना पक्राउ
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
प्रधानमन्त्री प्रचण्डले ७ जेठमा चौथोपटक विश्वासको मत लिने
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
‘दोषीलाई पक्राउ गरी कारबाही नगरेसम्म आन्दोलन गर्छौँ’: चिकित्सकहरूको चेतावनी
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न
मेयर बालेन र प्रमुख प्रशासकीय अधिकृत गुरागाइँको नेतृत्वमा मैत्रीपूर्ण फुटबल सम्पन्न