जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, मंसिर २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
जेनजी आन्दोलनको जिम्मेवारी सबै दलहरुले लिनुपर्छ : महामन्त्री बुर्लाकोटी

सारांश

  •   राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने बताएका छन् ।
  • शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।
  • उनले भने, ‘जेनजी आन्दोलन र यो विस्फोट हुनुमा विगत लामो समयदेखि देशको राजनीतिको मुख्य भागदौड सम्हाल्ने र नेतृत्व लिने सबै दलहरुले जिम्मेवारी लिनु पर्ने नै छ ।

२४ मंसिर, काठमाडौं । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री कविन्द्र बुर्लाकोटीले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने बताएका छन् । शनिबार भक्तपुरमा आयोजित नेकपा एमालेको ११ औं राष्ट्रिय महाधिवेशनलाई सम्बोधन गर्दै उनले जेनजी आन्दोलनको जिम्मेवारी लामो समयदेखि देशको भागदौड सम्हाल्ने सबै दलहरुले लिनुपर्ने भन्दै सरकारमा रहँदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिनुपर्ने बताए ।

उनले भने, ‘जेनजी आन्दोलन र यो विस्फोट हुनुमा विगत लामो समयदेखि देशको राजनीतिको मुख्य भागदौड सम्हाल्ने र नेतृत्व लिने सबै दलहरुले जिम्मेवारी लिनु पर्ने नै छ । यसमा हामी सरकारमा रहदासम्मको समयको जिम्मेवारी रास्वपा समेतले लिने छ । यस विषयमा नेकपा एमालेको महाधिवेशनमा गहन बहस हुनेछ भन्ने अपेक्षा गरेको छु ।’ यस्तै, उनले पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको माग नेतृत्व पुस्तान्तरण रहेको भन्दै नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्ने विश्वास लिएको बताए । उनले भने, ‘पछिल्लो समयको युवा विद्रोह र आम नागरिकको चाहना अनुसार नेतृत्व पुस्तान्तरणको माग हामी सबैले बुझेका छौ । नेकपा एमालेले पनि यसमा उपयुक्त सम्बोधन गर्नेछ भन्ने विश्वास सबैले गरेका छौ ।’

उनले मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौतीहरु सामना गर्नका लागि राष्ट्र हित तर्फ यो महाधिवेशन केन्द्रीत रहोस भन्ने शुभकामना पनि व्यक्त गरेका छन् । उनले भने, ‘पटक पटक सरकारको जिम्मेवारी सम्हालेको पार्टीको महाधिवेशनले लोकतान्त्रिक मुलुकमा धेरै नै ठूलो महत्व राख्छ । र एमाले त्यो महत्व कायम राख्न सफल होस । मुलुकमा विद्यमान तरल राजनीतिक अवस्थाका चुनौतीहरु सामना गर्नका लागि राष्ट्र हिततर्फ महाधिवेशन केन्द्रीत रहोस भन्ने शुभकामना पनि व्यक्त गर्न चाहन्छु ।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
कङ्गोमा राष्ट्रपतिलाई हटाउने प्रयास गरेको आरोपमा ३७ जनालाई मृत्युदण्डको फैसला
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता
प्रधानमन्त्रीको चीन भ्रमण : राष्ट्रपति शीसँग हाङजाओमै भेटवार्ता
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
कांग्रेसका १२ जना मन्त्री मध्यरातसम्म बुढानीलकण्ठमा, सरकारको गतिविधिबारे ५ घण्टा छलफल
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
प्रवासी श्रमिकहरुलाई मतदानको व्यवस्था गर्न ट्रेड युनियन कांगे्रसको माग
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ
लगातार बढ्दै अमेरिकी डलर र युरोको भाउ
मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
मुख्यमन्त्री बानियाँद्वारा बकैया गाउँपालिकाको नयाँ प्रशासनिक भवन उद्घाटन
गोविन्दा र सुनिताको सम्बन्धविच्छेद हुँदै !
गोविन्दा र सुनिताको सम्बन्धविच्छेद हुँदै !
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित
ताप्लेजुङमा बाढीपहिरोबाट ८१ परिवार विस्थापित
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
जनकपुरमा रेलको ठक्करबाट एक जनाको मृत्यु
एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
एपोलो हाईड्रोपावरको आईपीओमा आवेदन दिने आज अन्तिम दिन