प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, श्रावण ८, २०८३
|
|
२८१ पटक हेरिएको
Shares
प्रधानमन्त्री बालेनले आज निर्यातमुखी उद्योगका प्रतिनिधिसँग छलफल गर्दै

सारांश

  • प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दैछन् ।
  •  छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ ।
  •  छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

८ साउन, काठमाडौं ।

प्रधानमन्त्री बालेन शाहले प्रमुख निर्यातमुखी उद्योगका प्रतिनिधिसँग आज छलफल गर्दैछन् । छलफल प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बिहान ११:३० बजे हुनेछ । छलफलमा नेपाल प्लाइउड उत्पादक सङ्घका अध्यक्ष होमप्रसाद घिमिरे, नेपाल गलैंचा उत्पादक तथा निर्यातकर्ता सङ्घका अध्यक्ष बलराम गुरुङ, नेपाल पश्मिना उद्योग सङ्घका अध्यक्ष धनप्रसाद लामिछाने, कार्पेट तथा प्लाइउड निर्यातकर्ता देवानन्द सरावगी तथा नेपाल डग च्यु उत्पादक सङ्घका अध्यक्ष रेशमबहादुर पोखरेललाई बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । सचिवालयका अनुसार छलफलमा निर्यात प्रवर्द्धनका चुनौती, नीतिगत सुधार तथा समाधानका उपायबारे उद्योगी व्यवसायीसँग सुझाव लिइनेछ ।

प्रधानमन्त्री शाहले पछिल्लो समय अर्थतन्त्र चलायमान बनाउने, लगानी तथा उत्पादन बढाउने र निर्यात प्रवर्द्धनका विषयमा निजी क्षेत्रका उद्योगी–व्यवसायी तथा सरोकारवाला निकायसँग निरन्तर संवाद गर्दै आएका छन् । प्रधानमन्त्री बालेनले हिजो मात्रै चिया उद्योगीहरुसँग छलफल गरेका थिए । त्यसअघि उनले हस्तकला महासंघ, उद्योग वाणिज्य महासंघ, नेपाल उद्योग परिसंघ, नेपाल चेम्बर अफ कमर्स, निर्माण व्यवसायी महासंघ, फुटवेयर एसोसिएसन, सेयर लगानीकर्ता, तयारी पोसाक उद्योग संघ लगायतका प्रतिनिधिहरुसँग पनि भेटघाट गरेका थिए । तर यी छलफलहरुमा अर्थमन्त्री र अन्य सम्बन्धित मन्त्रीहरुलाई भने सहभागी गराइएको थिएन ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार
६ अंक घट्यो सेयर बजार, कारोबारमा सुधार
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
साफ च्याम्पियनसिप : भुटानलाई हराउँदै फाइनलमा पुग्यो नेपाल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
कतिपय विषयमा के गर्दै छौँ, भन्नै मिल्दैन : गृहमन्त्री अर्याल
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
रवि लामिछानेलाई सुविधाबाट बञ्चित गरिएको छैन, कारागार सार्ने तयारी पनि छ: गृहमन्त्री
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
जाजरकोटमा पहिरोमा पुरिएर वडा सदस्य सहित दुई जना बेपत्ता
७ दलको विरोध प्रदर्शन आज पनि जारी
७ दलको विरोध प्रदर्शन आज पनि जारी
१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता
१६४ जना समानुपातिक उम्मेदवारले लिए नाम फिर्ता
आन्दोलित चिकित्सक र राहत शिक्षकको माग वार्ताबाट समाधान गर्न मावोवादीको अनुरोध
आन्दोलित चिकित्सक र राहत शिक्षकको माग वार्ताबाट समाधान गर्न मावोवादीको अनुरोध
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
बढ्यो सुनको मूल्य, आज कतिमा हुँदैछ कारोबार ?
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै
क्रिकेटर आदिल अन्सारी सडक दुर्घटनामा घाइते, वीरगञ्जमा उपचार हुँदै