Press 4K
बुधबार, २७ जेठ २०८३

सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, चैत्र २८, २०८२
|
|
१०६ पटक हेरिएको
Shares
सवारी भाडा वृद्धि, उपत्यकामा २५.९६ प्रतिशतसम्म बढ्यो

सारांश

  • बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ ।
  • प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो ।
  • प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ ।

 

२७ चैत,काठमाडौं ।

बागमती प्रदेशमा सार्वजनिक सवारी साधनको भाडादर वृद्धि कार्यान्वयनमा आएको छ । प्रदेश श्रम, रोजगार तथा यातायात मन्त्रालयको निर्णयअनुसार पेट्रोलियम पदार्थबाट सञ्चालन हुने सवारी साधनको नयाँ भाडादर राजपत्रमा सूचना प्रकाशन भएसँगै लागू गरिएको हो ।

प्रदेश भाडा निर्धारण तथा समायोजन सम्बन्धी नियमावली, २०७८, बजार मूल्यको उतारचढाव तथा प्रचलित आर्थिक ऐनलाई आधार बनाएर यसअघि २०८० भदौ ७ गतेदेखि लागू भाडादर पुनरावलोकन गरी नयाँ दर निर्धारण गरिएको मन्त्रालयले जनाएको छ । नयाँ व्यवस्थाअनुसार काठमाडौं उपत्यकाभित्र सञ्चालन हुने यात्रुवाहक सार्वजनिक सवारी साधनको भाडा २५.९६ प्रतिशतले वृद्धि गरिएको छ । त्यस्तै, पेट्रोलियम पदार्थबाट सञ्चालन हुने ट्याक्सी सेवामा १२.३९ प्रतिशत, उपत्यका बाहिरका यात्रुवाहक सवारीमा १७.३५ प्रतिशत तथा मालवाहक सवारी साधनमा २६.७९ प्रतिशतले भाडा बढाइएको छ ।

यद्यपि, विद्युतीय माध्यमबाट सञ्चालन हुने यात्रुवाहक सवारी तथा ट्याक्सी सेवाको भाडा भने यथावत राखिएको छ । ती सवारी साधनमा २०७९ वैशाख १ गतेदेखि लागू भाडादर नै कायम रहने मन्त्रालयले स्पष्ट पारेको छ । भाडा समायोजनअघि सरोकारवाला पक्षसँग व्यापक छलफल गरिएको थियो । सो क्रममा नेपाल ट्रक यातायात व्यवसायी महासंघका अध्यक्ष राजेन्द्र विक्रम बाँनिया र महासचिव बद्री प्रसाद चौलागाईं सहितको टोली मन्त्रालय पुगेको थियो । उनीहरूले इन्धन मूल्य वृद्धि, सञ्चालन खर्चमा भएको बढोत्तरी तथा ढुवानी क्षेत्रमा परेको दबाबका कारण भाडा समायोजन आवश्यक रहेको धारणा राखेका थिए ।

उक्त बैठकमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष पुण्य प्रसाद सिटौला तथा सार्वजनिक यातायात व्यवसायी महासंघका अध्यक्ष डोलनाथ खनाल लगायत अन्य पदाधिकारी तथा सदस्यहरूको समेत सहभागिता रहेको थियो । सरकारले बढ्दो इन्धन मूल्य, सञ्चालन लागत र व्यवसायीको दबाबलाई मध्यनजर गर्दै भाडादर समायोजन गरिएको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
समितिको बैठकमा प्रेसलाई प्रवेश निषेध गर्न प्रस्ताव
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
नेपाललाई अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
सभामुखद्वारा प्रतिनिधिसभामा उठेका विषयहरूप्रति सरकारको ध्यानाकर्षण
राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस
राजेन्द्र लिङदेन झापा- ३ बाट एकल सिफारिस
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
उडिरहेको विमानमा यात्रीले केबिनको ढोका खोल्ने प्रयास
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
चार सय केभीको तेस्रो ठूलो हेटौँडा सबस्टेसन निर्माण सम्पन्न
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
बाढी-पहिरो र डुबानमा परी मृत्यु हुनेको संख्या २१७ पुग्यो, २८ जना बेपत्ता
आज नागपञ्चमी पर्व मनाइँदै
आज नागपञ्चमी पर्व मनाइँदै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
संसदको संयुक्त बैठकअघि राष्ट्रियसभाको बैठक बस्दै
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का
राम्रोसँग चल्न नसकेका विद्युत उपभोक्ता संस्था प्राधिकरणलाई जिम्मा लगाउनुस्ः ऊर्जामन्त्री खड्का

पात्रो

२०८३
Sep/Oct 2026
आइत
सोम
मंगल
बुध
बिहि
शुक्र
शनि

राशिफल

राशिफल लोड हुँदैछ...

रेडियो

रेडियो लोड हुँदैछ...

स्टेशन छान्नुहोस्

-

भिडियो

लोड हुँदैछ...

मिति परिवर्तन

विनिमय दर

मुद्रा रूपान्तरण

Update: Loading...
🇺🇸 USD
🇳🇵 NPR

Indicative Exchange Rate: 1 USD = Loading...

Open Market Rates

Currency Unit Buy Sell

...