बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ ३, २०८१
|
|
५२ पटक हेरिएको
Shares
बलिउड अभिनेता सैफ अली खानमाथि धारिलो हतियार प्रहार, अस्पताल भर्ना

सारांश

  • बिहीबार बिहान २ बजे अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ।
  • उक्त घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ।
  • भारतीय सञ्चार माध्यमका अनुसार सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल स्रोतले कुनै आधिकारिक जानकारी दिएको छैन।

 

३ माघ,  काठमाडौँ – बलिउड अभिनेता सेफ अली खानमाथि धारिलो हतियार प्रहार गरिएको छ। बिहीबार बिहान २ बजे अभिनेता सैफ अली खानको घरमा अज्ञात व्यक्तिले प्रवेश गरी धारिलो हतियारले प्रहार गरेको घटना सार्वजनिक भएको छ। उक्त घटनापछि सैफलाई तुरुन्तै लिलावती अस्पतालमा भर्ना गरिएको छ।

भारतीय सञ्चार माध्यमका अनुसार सैफको स्वास्थ्य अवस्थाबारे अस्पताल स्रोतले कुनै आधिकारिक जानकारी दिएको छैन। घटनापछि प्रहरीले छानबिन सुरु गरेको छ भने दोषीको खोजी कार्य जारी छ। घटनापछि सैफका प्रशंसक र फिल्म उद्योगका व्यक्तिहरूले चाँडै स्वास्थ्यलाभको कामना गर्दै छन्।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ