आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
२९ पटक हेरिएको
Shares
आजबाट उड्ने छैन बुद्ध एयरको एटीआर ४२ जहाज

सारांश

  • ७० हजार उडान साइकल पूरा गरे सँगै बुद्ध एयरले उक्त जहाज उडाउन बन्द गरेको छ ।
  • सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ ।
  • १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ ।

२५ भदौ ,काठमाडौं ; बुद्ध एयरको एटीआर ४२–३२० ‘नाइन एन–एआईएन’ जहाजले ७० हजार उडान साइकल पूरा गरेको छ।७० हजार उडान साइकल पूरा गरे सँगै बुद्ध एयरले उक्त जहाज उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ ।बुद्ध एयरमार्फत नेपाली आकाशमा नै ४० हजार टेकअफ ल्याण्ड गर्दै ७० हजार उडान साइकल पूरा गरेर बलियो आकृति बनाएको जहाजले नेपालमा १८ लाख यात्रुलाई सेवा दिएको छ। एटीआर सन् १९८१ मा स्थापना भएको फ्रेन्च(इटालियन जहाज निर्माता कम्पनी हो। एटीआर ४२–३२० ‘नाइन एन–एआईएन’ ट्वीन टर्बोप्रप जहाज हो। ४७ जना यात्रु क्षमता रहेको यो जहाजमा ठूला ओभरहेड बिन्सका साथै आरामदायक क्याबिन रहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
वाइवाइविरुद्ध फेसबुकमा लेखेको आधारमा ५ करोड दाबी गर्दै हालेको मुद्दा चौधरी ग्रुपले हार्यो
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
राष्ट्रियसभाः कर्मचारीको तलब दोब्बर बनाउन माग
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
बृहत् नागरिक आन्दोलनका अभियन्ताहरु पक्राउ
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कुराले चिउरा भिज्दैन व्यवहारमै कम्युनिस्ट एकता देखिनुपर्छ :माधव नेपाल
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
कर्मचारीमा कुलिङ पिरियड नराख्न राष्ट्रिय सभामा एमालेका ५ सांसदको संशोधन
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
बाँकेमा दुई मोटरसाइकल आपसमा ठोकिँदा घाइते भएका अर्का शिक्षकको पनि मृत्यु
एचपीभी खोपले स्वास्थ्यमा असर गर्दैन, ढुक्क भएर लगानुहोस् : स्वास्थ्यमन्त्री
एचपीभी खोपले स्वास्थ्यमा असर गर्दैन, ढुक्क भएर लगानुहोस् : स्वास्थ्यमन्त्री
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
ढोरपाटन एक वर्षमा पुगे २३ हजार पर्यटक
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
किन खाेले बुद्ध एयरका यात्रुले इमरजेन्सी ढोका ?
बाँकेमा खेतमा गाडिएको अवस्थामा बालकको शव फेला
बाँकेमा खेतमा गाडिएको अवस्थामा बालकको शव फेला