सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, भाद्र २४, २०८०
|
|
३१ पटक हेरिएको
Shares
सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।

सारांश

  • सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।
  • शुक्रबार साझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप र ढुंगामुढा हुदा सदरमुकाम मलंगवामा तनावग्रस्त भएपछि स्थानीय प्रशासनले शनिबार कर्फ्यू आदेश संगै आइतवारदेखि थप ४ दिनकालागि निषेधाज्ञा आदेश जारी गरेको छ।
  • शुक्रवार मात्रै झडप नियन्त्रण गर्न प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेका थिए।

२३ भदौ सर्लाही। सर्लाही सदरमुकाम मलंगवामा ४ दिनकालागि निषेधाज्ञा आदेश जारी।

शुक्रबार साझ कृष्ण जन्माष्टमीको मूर्ति सेलाउने क्रममा दुई पक्षबीच झडप र ढुंगामुढा हुदा सदरमुकाम मलंगवामा तनावग्रस्त भएपछि स्थानीय प्रशासनले शनिबार कर्फ्यू आदेश संगै आइतवारदेखि थप ४ दिनकालागि निषेधाज्ञा आदेश जारी गरेको छ।

शुक्रवार मात्रै झडप नियन्त्रण गर्न प्रहरीले १६ सेल अश्रुग्यास र एक राउण्ड हवाइ फायर समेत गरेका थिए। शनिबार बिहानदेखि स्थानिय केही युवाहरूले नगरको विभिन्न चौकमा टायर बालेर पर्दर्शन र केही ठाउँमा ढुंगामुढा गरेपछि अति आवश्यक पसल बाहेक अन्य पसलहरू बन्द गरेसँगै ठाउँठाउँमा ठुलो संख्यामा सुरक्षाकर्मीहरू खटाइएका थिए। अवस्था समान्य भएपनि सर्वसाधारणको सुरक्षामा पर्न सक्ने सम्भावित जोखिमको मध्येनजर गर्दै निषेधाज्ञा आदेश जारी गरेको जिल्ला प्रसाशन कार्यालय सर्लाहीले जनाएको छ।

मलंगवा नगरक्षेत्र पूर्वमा झिम नदी, पश्चिम मुसैली नहर, दक्षिणमा नेपाल भारत सिमा क्षेत्र र उत्तरमा प्रहरी पोष्ट/ बाबा पेट्रोल पम्म) सिमा क्षेत्र भित्र कुनै प्रकारको भेला हुन नपाउने, जुलुस गर्न नहुने, बैठक वा प्रदर्शन वा पोष्टर, पर्चा जस्ता प्रचार सामग्री टाँस्न वा लेख्न नपाइने गरी मिति २०८०।०५ | २४ गते विहान ८:०० बजे देखि मिति २०८० । ०५ । २७ गते राती १२:०० बजे सम्मको लागि निषेधाज्ञा जारी गरिएको जिल्ला प्रशासन कार्यालय सर्लाहीले जनाएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
रास्वपाको विरोधपछि सभामुखले हटाए प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
चैते दसैँमा बागलुङ कालिकामा ४२ लाख भेटी संकलन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
बाढीपहिरोका घाइतेको निःशुल्क उपचार गर्न स्वास्थ्य संस्थालाई निर्देशन
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
जेनजी अगुवा पुरुषोत्तम यादव रास्वपा समानुपातिक उम्मेदवारको आकांक्षीको सूचीमा
नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
नाराबाजीबीच गृहमन्त्रीले भने– भिजिट भिसामा मेरो संलग्नता छैन
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
६ प्रतिशतले आर्थिक वृद्धि हुने गरी बजेट आएको छ : अर्थमन्त्री पौडेल
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
मन्त्रीद्वय घिसिङ र अर्याल आज इलाम जाँदै
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
साहको हत्यामा संलग्न एक भारतीय नागरिक सहित ६ जना पक्राउ
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था
नेपाल राष्ट्र बैंकले गर्‍यो चेक बाउन्स सम्बन्धि नयाँ व्यवस्था