Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सात दिनपछि भेटियो धार्चेको पहिरोमा बेपत्ता युवकको शव

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, श्रावण १९, २०८१
|
|
४३ पटक हेरिएको
Shares
सात दिनपछि भेटियो धार्चेको पहिरोमा बेपत्ता युवकको शव

सारांश

  • आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए।
  • परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए।
  • ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बसेका थिए।

 

१९ साउन, उत्तरी गोरखाको धार्चे गाउँपालिका–५ सिङ्लास्थित रेसेमा पहिरोमा  बेपत्ता भएका थप एक जनाको शव सातदिनपछि फेला परेको छ।

आरुघाट गाउँपालिका–८, लामागाउँका २४ वर्षीया रमेश परियारको शव शनिबार बिहान भेटिएको जिल्ला प्रहरी कार्यालय गोरखाका सूचना अधिकारी एवं प्रहरी नायव उपरीक्षक रमेशकुमार श्रेष्ठले जानकारी दिए। परियारको शव घटनास्थलदेखि करिब दुई किलोमिटर तल रेसे खोलामा फेला परेको प्रनाउ श्रेष्ठले बताए। ट्याक्टर चालक परियार घटनाको अघिल्लो दिन शनिबार साँझ रेसेमा पुगेर स्थानीय जीतबहादुर गुरुङको कृषि फार्ममा बास बसेका थिए। सोही क्रममा राति गएको पहिरोमा परेर उनी बेपत्ता भएका थिए।

गत आइतबार रेसेमा गएको भीषण पहिरोमा परेर पाँच जना बेपत्ता भएका थिए।बेपत्ता भएका ७० बर्षीय सुलाल कान्छा गुरुङ, ३७ वर्षीय जीतबहादुर गुरुङ, ३३ वर्षीय रेशम गुरुङ र ३५ वर्षीय कान्छी गुरुङको यसअघि नै शव फेला परेको थियो। पहिरोमा परेर सोही ठाउँका ३५ वर्षीय दिलीप गुरुङ र २७ वर्षीय खमबहादुर गुरुङ घाइते भएका थिए। घाइतेहरुको काठमाण्डौस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
चीन जान लागेकी स्विस महिला त्रिभुवन विमानस्थलबाट पक्राउ, ठूलो परिमाणमा विदेशी मुद्रा बरामद
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
कुलमानलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधिदै
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
डोटीमा जिप दुर्घटना हुँदा १ जनाको मृ*त्यु, ८ घाइते
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
लोसपाले निष्काशित गर्‍यो राजेन्द्र महतोलाई
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
सरकारप्रति गगन थापाको टिप्पणी : हामी बिँड तातिसक्यौं, ताप्के तातेन
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
यी हुन् दर्ता भएर पनि चुनावमा भाग नलिने २६ दल
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
बालेन शाहले एक अर्ब खाएको आरोप लगाउने कर्मचारीविरुद्ध साइबर मुद्दा
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
रास्कोटमा ३३ केभिए प्रसारण लाइनको सबस्टेसन बन्दै
आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
आज अक्षय तृतीया, जौको सातु र सर्वत खाएर मनाइँदै
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै
मलेसियाले टस जितेर नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै