Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, चैत्र २०, २०८१
|
|
११७ पटक हेरिएको
Shares
ऊर्जा मन्त्रालयको हटलाइनमा एक महिनामा १९ सय उजुरी

सारांश

  • काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ ।
  • ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथासक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिए ।
  • हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने वित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताए ।

 

२० चैत, काठमाडौं- 

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले सञ्चालनमा ल्याएको हटलाइन सेवा (११५१)मा उजुरी दिनेको सङ्ख्या उल्लेख्य देखिएको छ । काममा ढिलासुस्ती, सूचनाबिना नै बत्ती काट्ने, मिटर नपाउने, ट्रान्सफर्मर जल्ने, अनियमित मिटर रिडिङ तथा अनावश्यक झन्झट जस्ता समस्या समाधान गर्न सञ्चालनमा ल्याइएको हटलाइन सेवा प्रभावकारी बनेको मन्त्रालयले जनाएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले हटलाइनमा आएका जनताको गुनासोलाई यथासक्य चाँडो सम्बोधन गर्न निर्देशन समेत दिए । हटलाइन सेवामा कार्यरत रामकृष्ण पौडेलले गुनासो आउने वित्तिकै सम्बन्धित कार्यालय र वितरण केन्द्रका प्रमुखलाई जानकारी गराएर समस्या समाधान गर्दै आएको बताए । हटलाइनमा फागुन महिनामा मात्र एक हजार ९०२ वटा उजुरी दर्ता भएको उहाँले बताउनुभयो ।  उनका अनुसार चैत महिनामा एक हजारभन्दा बढी गुनासो आइसकेका छन् ।

हटलाइनमा प्राप्त गुनासोमध्ये ट्रान्सफर्मर जलेको, पोल ढलेको, विद्युत् आपूर्तिमा अवरोध, भोल्टेज कम आउनुजस्ता विषय बढी छन् । फोनबाहेक फेसबुक, भाइबरलगायतका डिजिटल माध्यमबाट सेवाग्राहीहरूले गुनासो गर्ने गरेका छन् । सबैभन्दा बढी गुनासो बागमती र मधेस प्रदेशबाट आएका छन् । गुनासो सम्बोधन गर्न थप जनशक्ति परिचालन गरिएको हटलाइनमा कार्यरत एकबहादुर महर्जनले जानकारी दिनुभयो । मन्त्रालयमा नै सिधैँ गुनासो गर्न पाउने व्यवस्था भएपछि जिल्लास्थित कार्यालयमा हुने ढिलासुस्ती कम हुँदै गएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
बिहीबारसम्मका लागि संसद् बैठक स्थगित
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
बागमती प्रदेशमा भएका यातायात क्षेत्रका सुधारबारे अध्ययन गर्न कोशी प्रदेशको टोली हेटौँडा
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने जीवनबहादुर शाहीको घोषणा
कांग्रेस सहमहामन्त्रीमा उम्मेदवारी दिने जीवनबहादुर शाहीको घोषणा
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
निःशुल्क शिक्षा माग्दै विद्यालय बन्द, ७० लाख विद्यार्थीको पढाइ प्रभावित
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
एकीकृत समाजवादीले देशभर विरोध प्रदर्शन गर्ने
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
आज देशभर आंशिकदेखि साधारणतया बदली रहने पूर्वानुमान
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह
एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल
एमालेलाई चौतर्फी आक्रमण हुँदा पनि विचलित हुँदैनौँ : सुनिता डङ्गोल
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
२० वर्षपछि अछेते–भिमापोखरा सडक स्तरोन्नति
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा
दशरथचन्दका पाँच विद्यालयमा आयुर्वेद शिक्षा