पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, जेठ २२, २०८२
|
|
३० पटक हेरिएको
Shares
पर्सामा सवारी दुर्घटना न्यूनीकरण गर्न ट्राफिक जनचेतना सप्ताह

सारांश

  • पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ ।
  • सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो ।
  • प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न रोगव्याधीले मृत्यु हुनेको सङ्ख्या भन्दा पनि सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक सचेतनामूलुक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो ।

२२ जेठ, वीरगञ्ज ।

पर्सामा सवारी दुर्घटना न्यूनीकरणका गर्नका लागि ट्राफिक जनचेतना सप्ताह कार्यक्रम शुभारम्भ गरिएको छ । सवारी दुर्घटनामा न्यूनीकरण गरेर यात्रु र सवारी चालकलाई मर्यादित गराउनका लागि ट्राफिक जनचेतना सप्ताह शुभारम्भ गरिएको हो । प्रमुख जिल्ला अधिकारी गणेश अर्यालले विभिन्न रोगव्याधीले मृत्यु हुनेको सङ्ख्या भन्दा पनि सवारी दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या उच्च भएकाले पनि ट्राफिक सचेतनामूलुक कार्यक्रम गर्न आवश्यक रहेको बताउनुभयो । ‘‘सवारी दुर्घटनालाई दुर्घटनाको पनि महारोग भन्ने चलन रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘ट्राफिक नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’

पर्साका प्रहरी प्रमुख गौतम मिश्रले सवारी चालक तथा यात्रुले राम्रोसँग ट्राफिक नियम पालना गर्ने हो भने सवारी दुर्घटनाबाट ज्यान जोगाउन सकिने बताउनुभयो । ‘‘ट्राफिक जनचेतना सप्ताहमूलुक कार्यक्रममा ट्राफिक नियमको पालना आफ्नै लागि हो भन्ने भावनाको विकास गर्न जरुरी रहेको छ,’’ उहाँले भन्नुभयो,‘‘सबैले नियम पालना गरेर सभ्य नागरिकको पहिचान गराउन जरुरी भइसकेको छ ।’’ जिल्ला ट्राफिक प्रहरी कार्यालय पर्साले जेठ २२ गतेदेखि जेठ २८ गतेसम्म ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्ने तयारी गरेको छ ।

जसअन्तरगत विभिन्न विद्यालयका विद्यार्थी माझ अन्तरक्रिया, सडकमा सडक सुरक्षा कार्यक्रम लगायतका गतिविधि गर्नेछ । जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख लोकराज भट्टले सप्ताहव्यापी कार्यक्रम गरेर सवारी दुर्घटना न्यूनीकरणका अभियान सञ्चालन गर्ने बताउनुभयो । ‘‘कार्यालयले नियमित रुपमा नै ट्राफिक जनचेतनामूलुक कार्यक्रम गर्दै आइरहेको छ,’’ उहाँले भन्नुभयो,‘‘अहिले विशेष कार्यक्रमको रुपमा ट्राफिक जनचेतना अभियान सुरुवात गरेका छौँ ।’’ पर्सा जिल्लामा चालु आर्थिक वर्षको १० महिनामा सवारी दुर्घटनामा परेर ३४ जनाले ज्यान गुमाएका छन् ।

गत आर्थिक वर्षभरिमा भने सवारी दुर्घटनामा परेर ५१ जनाले ज्यान गुमाएका थिए । जिल्ला ट्राफिक प्रहरी कार्यालय का वरिष्ठ प्रहरी नायब निरीक्षक गुणनिधि खकुरेलले कार्यालयले अभियान अन्तरगत विभिन्न सरोकारवाला निकायसँग अन्तरक्रिया र छलफल गरेर जनचेतनालाई अभिवृद्धि गर्ने जानकारी दिनुभयो । सो कार्यक्रममा पर्साका सामुदायिक तथा संस्थागत विद्यालयमा अध्ययनरत विद्यार्थी, नागरिक समाज लगायतका दुई हजारभन्दा धेरैको उपस्थिति रहेको थियो । ट्राफिक जनचेतना अभियान वीरगञ्जको घण्टाघर, आर्दशनगर, अलखिया मठ हुदैँ फेरि वीरगञ्ज घण्टाघरमा आएर जनचेतना अभियान सम्पन्न भएको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ
रास्वपा र राप्रपाको संसद् अवरोध कायमै
रास्वपा र राप्रपाको संसद् अवरोध कायमै
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ
स्रोत नखुलेको भारतीय ५ लाख रुपैयाँसहित एक पक्राउ
पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान
पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
कर्मचारी बिचौलिया र जनप्रतिनिधिकै मिलेमतोमा राजस्व हिनामिना
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
मन्त्री सिंहद्वारा मोरङको सीमावर्ती क्षेत्रका पुलको उद्घाटन
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
एमालेसँग सहकार्य गरेर चुनाव लड्ने सम्भावना छैन : प्रचण्ड
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ
वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने चार जना पक्राउ