सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, बैशाख २७, २०८२
|
|
२८ पटक हेरिएको
Shares
सामाजिक सञ्जाललाई अंकुश लगाउनु आवश्यक बन्यो : सञ्चारमन्त्री गुरुङ

सारांश

  • सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् ।
  • नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको बताए ।
  • ‘तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ ।

२७ वैशाख, काठमाडौं ।

सञ्चार, सूचना तथा प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले अराजक रुपमा प्रस्तुत हुने सामाजिक सञ्जाललाई अंकुश लगाउनु नै आजको आवश्यकता भएको बताएका छन् । नेपाल प्रेस युनियनको आयोजनामा ‘लोमान्थाङ अन्तर्राष्ट्रिय मिडिया समिट’ को उद्घाटन सत्रलाई सम्बोधन गर्दै मन्त्री गुरुङले अनलाइनको माध्यमबाट अफवाह फैलाइरहेको बताए ।

‘तीन वटा शक्ति धार्मिक, राजनीतिक र राज्य शक्तिमाथि अराजक तरिकाले सोसल मिडियाको प्रयोग गरेर प्रहार गर्ने जुन परिपाटी बढेको छ । यसले प्रेसलाई बद्नाम गर्ने काम भइरहेको छ,’ मन्त्री गुरुङले भने, ‘त्यसैले सोसल मिडियालाई अंकुश लगाउनु नै आजको आवश्यकता हो । प्रेस स्वतन्त्रता जहाँ बलियो हुन्छ त्यहाँ प्रजातन्त्र बलियो हुन्छ ।’ फरक प्रसंगमा मन्त्री गुरुङले जलवायु परिवर्तनको असर बढ्दै गएको भन्दै समयमै सचेत हुनुपर्ने बताए ।

संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रेस जगतको महत्त्वपूर्ण भूमिका रहेको बताउँदै प्रेसले जलवायु परिवर्तनबाट उत्पन्न समस्या र यसले विकास निर्माण र समाजमा पारेको असरबारे आम नागरिकलाई सुसूचित गर्नुपर्ने बताए । ‘जलवायु परिवर्तनले संसारभर घण्टी बजाइरहेको छ । त्यसबाट उत्पन्न समस्याले विकास निर्माण र समाजमा पारेको असरबारे भाषणमात्र नभई काम नै गर्नुपर्ने अवस्था आएको छ । आजको दुनियाँमा विकासमात्र भन्ने तर नेचुरल कन्जरभेसनमा कुनै मान्यता नराखिनु दुर्भाग्यपूर्ण हो,’ उनले भने ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
काठमाडौंसहित चार प्रदेशमा पानी पर्ने सम्भावना
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
ग्यास चुहिएर दुर्घटना हुँदा वृद्धाको मृत्यु
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
जुम्लामा स्थानीयलाई वडा कार्यालयबाट नुन वितरण
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बालेनहरूको खेल सफल हुन दिँदैनौं : महेश बस्नेत
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
बीपी राजमार्गबाहेक सम्पूर्ण राजमार्ग तीन दिनभित्र पूर्णरुपमा सञ्चालन हुने
ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ
ललितपुरको सुधार केन्द्रमा एकजनाको शंकास्पद मृत्यु, सञ्चालकसहित तीनजना पक्राउ
कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद
कोरला नाकाबाट ६ सय कार्टुन ‘भेप’ बरामद
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
मदन भण्डारी विचार निर्माण गर्ने दूरदर्शी नेता हुनुहुन्थ्यो : पूर्वराष्ट्रपति भण्डारी
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
जसपा नेपालको सर्लाही अधिवेशनमा कुटपिट गर्नेलाई कारबाही हुने
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम
समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन सक्दैन : मन्त्री गौतम