जनताको अधिकार खोस्न खोजे महँगो पर्नेछ : प्रचण्ड

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, फाल्गुन १३, २०८१
|
|
३४ पटक हेरिएको
Shares
जनताको अधिकार खोस्न खोजे महँगो पर्नेछ : प्रचण्ड

सारांश

  • नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताएका छन् ।
  • अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उनको चेतावनी छ ।
  • ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

१३ फागुन, रतुवामाई (मोरङ) । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले जनता जागिसकेकाले अब कसैले जनताको अधिकार खोस्न नसक्ने बताएका छन् । अधिकार खोस्ने प्रयास गरे महँगो पर्ने उनको चेतावनी छ । ‘जनतासँग माओवादी तराई–मधेश जागरण अभियान’अन्तर्गत आज मोरङको रतुवामाई नगरपालिकामा आयोजित जनसभालाई सम्बोधन गर्दै प्रचण्डले यस्तो बताएका हुन् ।

कसैको दया–मायाबाट नभई संघर्षको बलमा जनताका अधिकार प्राप्त भएको भन्दै उनले त्यसमा आँखा नलगाउन चेतावनी दिए । ‘हिजो गणतन्त्र प्राप्तिको आन्दोलनलाई बयलगाढा चढेर अमेरिका पुगिँदैन भनेर जनताको आन्दोलनलाई होच्याउनेहरू अहिले जनताले पाएका अधिकारलाई माओवादी एजेन्डा देख्न थालेका छन्,’ उनले भने, ‘जुन कुनै बहानामा जनताका अधिकार खोस्न खोजियो भने त्यो महंगो पर्नेछ ।’

अन्य दलसँग संघर्षभन्दा बढी समन्वय गर्दा पार्टी र आफ्ना एजेन्डा कमजोर भएको उल्लेख गर्दै उनले कांग्रेससँग मिल्दा कांग्रेस र एमालेसँग मिल्दा एमाले बलियो हुने तर माओवादी सधैं कमजोर हुने अवस्था अब आउन नदिने बताए । अध्यक्ष प्रचण्डले अब दलाल, बिचौलिया र भ्रष्ट दलहरूसँग होइन, उत्पीडित जनतासँग मिलेर समाजवादको यात्रामा अघि बढ्न सङ्कल्पसहित जनतामा आएको धारणा राखे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
नेताहरूबीचको मतभेद अन्त्य गरेर पार्टीलाई जीवन्त बनाउनुपर्छ : सभापति देउवा
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
समानुपातिक उम्मेदवारका लागि आज अन्तिम मौका, ४ बजेसम्म उम्मेदवारी फिर्ता लिन सकिने
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
वीरगञ्ज नाकाबाट २ महिनामै २६ अर्बको पेट्रोलियम पदार्थ आयात
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज हुदै
प्रधानन्यायाधीशको नियुक्ति र शपथ ग्रहण आज हुदै
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
गौरी कार्की नेतृत्वको जाँचबुझ आयोगको म्याद २० दिन थप
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन,  दुर्घटनामा ६६ को ज्यान गयो
रौतहटमा एक वर्षमा ट्राफिक कारबाहीबाट १ करोड ४७ लाख राजस्व सङ्कलन, दुर्घटनामा ६६ को ज्यान गयो
बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
बाढीले मकवानपुरमा खाली ट्रक बगायो, चालक पौडिएर बाहिर निस्किए
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
लुम्बिनीले विराटनगरलाई दियो १३५ रनको सामान्य लक्ष्य
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
पर्सामा जंगली हात्तीको आक्रमणबाट एक जनाको मृ*त्यु
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने
अब नेपालमा १०० भन्दा ठूला दरका भारु चल्ने