Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, पौष ११, २०८०
|
|
४६ पटक हेरिएको
Shares
ठग बहादुरलाई जोगाउन उल्टो बकपत्र गर्नेविरुद्ध मुद्दा दायर

सारांश

  • इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डिएसपी ठग बहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका खेम/खिलेन्द्र भन्ने खिलेन्द्र सिंह जिसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।
  • केसीलाई जोगाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए ।
  •  रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका – १० स्थायी ठेगाना भई बुटवल उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने जिसीले प्रतिवादी केसी संलग्न भएको भ्रष्टाचार मुद्दामा बकपत्र गर्दा फरक बयान दिएका थिए ।

११ पुस, काठमाडौँ । इलाका प्रहरी कार्यालय बुटवलका तत्कालीन कार्यालय प्रमुख डिएसपी ठग बहादुर केसी सम्मिलित घुस/रिसवत लिई भ्रष्टाचार गरेको मुद्दामा सरकारी साक्षीको रूपमा पेस गरिएका खेम/खिलेन्द्र भन्ने खिलेन्द्र सिंह जिसीविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको छ ।

केसीलाई जोगाउन उनले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसन्धान अधिकृतसमक्ष गरेको कागजको प्रतिकूल हुने गरी बकपत्र गरेका थिए । रुपन्देहीस्थित तिलोत्तमा नगरपालिका – १० स्थायी ठेगाना भई बुटवल उपमहानगरपालिका–४ लक्ष्मीपुर बस्ने जिसीले प्रतिवादी केसी संलग्न भएको भ्रष्टाचार मुद्दामा बकपत्र गर्दा फरक बयान दिएका थिए । आयोगले जिसीविरुद्ध भ्रष्टाचार निवारण ऐन, २०५८ को दफा ३ को उपदफा (२) बमोजिमको कसुरमा १८ लाख रुपैयाँ बिगो र कैद सजायको मागदावी लिएको छ । सिंहले नै सुन छुटाइदिन माग गर्दै डिएसपी केसीलाई १८ लाख रुपैयाँ बुझाएका थिए । प्रहरी महानिरीक्षकको सचिवालय र केन्द्रीय अनुसन्धान ब्युरोबाट खटिएको टोलीले डिएसपी केसीलाई २०७९ पुस १० गते राति ३५ तोला सुन र १८ लाख रुपैयाँसहित पक्राउ गरेको थियो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
नेपाल ऋण लिन सक्ने अवस्थामा नरहेको चीनलाई जानकारी गराएकी छु : परराष्ट्रमन्त्री राणा
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
बालेन शाह र सुदन गुरूङविरूद्ध चितवनमा युवा संघको जाहेरी
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
नेपालका कम्युनिष्टहरुले आफूलाई लोकतान्त्रिक सिद्धान्तमा ढालिसकेः देउवा
रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा राति सवारी चलाउन रोक
रुकुमपूर्वको मध्यपहाडी लोकमार्गमा राति सवारी चलाउन रोक
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
माथिल्लो म्याग्दी–१ जलविद्युत् आयोजना निर्माण धमाधम
यूएईमा चार महिनामा ९३ नेपालीको मृ*त्यु
यूएईमा चार महिनामा ९३ नेपालीको मृ*त्यु
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
प्रधानमन्त्री बालेनले विश्वविद्यालय र प्रतिष्ठानका उपकुलपतिहरुसँग छलफल गर्दै
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
यस पटकको संसद पक्ष र विपक्षको सीमाभन्दा माथि उठ्नुपर्छ : मन्त्री गौतम
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
नागढुङ्गा–नौबिसे सडक दैनिक साढे चार घण्टा बन्द
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै
कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दै