यूएईमा चार महिनामा ९३ नेपालीको मृ*त्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, मंसिर २, २०८२
|
|
२५ पटक हेरिएको
Shares
यूएईमा चार महिनामा ९३ नेपालीको मृ*त्यु

सारांश

  • चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई) मा ९३ जना नेपालीको मृत्यु भएको छ ।
  • यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो ।
  • २०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो ।

२ मंसिर, काठमाडौं ।

चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो चार महिनामा युनाइटेड अरब इमिरेट्स (यूएई) मा ९३ जना नेपालीको मृत्यु भएको छ । यूएईको अबुधावीस्थित नेपाली दूतावासका अनुसार २०८२ साउन १ गतेदेखि कात्तिक मसान्तसम्मको अवधिमा उनीहरूको मृत्यु भएको हो । २०८२ साउनमा ३२, भदौमा १९, असोजमा २८ र कात्तिकमा १४ जना नेपालीको यूएईमा मृत्यु भएको हो । मृत्यु हुनेहरू सबै वैदेशिक रोजगारीको सिलसिलामा यूएई गएकाहरू हुन् ।

नेपाली दूतावासका अनुसार, गत आर्थिक वर्ष २०८१/८२ मा यूएईमा ३१२ जना नेपालीको मृत्यु भएको थियो । गत आर्थिक वर्ष औसतमा प्रत्येक महिना यूएईमा २६ जना नेपालीको मृत्यु भएको थियो । अघिल्लो आर्थिक वर्ष २०८०/८१ मा यूएईमा २३१ जना नेपालीले ज्यान गुमाएका थिए । सडक दुर्घटना, कार्यस्थल दुर्घटना, हृदयाघात, मुटुसम्बन्धी रोगलगायत कारणले नेपालीले यूएईमा ज्यान गुमाउने गरेका छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
भारतीय प्रधानमन्त्री मोदी अमेरिकामा, ट्रम्पसँग भेटवार्ता
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)
ऊर्जामन्त्री घिसिङको भारत भ्रमण स्वीकृत (मन्त्रिपरिषद् निर्णयसहित)
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
आठ महिनामा १४ खर्ब ८० अर्बको वैदेशिक व्यापार, ११ खर्ब व्यापार घाटा
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना, स्वास्थ्य समस्या के हो ?
शिक्षामन्त्री भट्टराई अस्पताल भर्ना, स्वास्थ्य समस्या के हो ?
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
नेप्सेमा सकारात्मक सर्किट लागेसँगै २० मिनेटका लागि बजार बन्द
दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो
दोलखाको यलुङ-री हिमपहिरोमा बेपत्ता भएका ५ जनाको श*व भेटियो
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
दुई गम्भीर गर्भवतीको शल्यक्रिया पछि डा. यादवले गरे रक्तदान
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
सुदूरपश्चिमका मुख्यमन्त्री भारतको औपचारिक भ्रमणमा जाँदै
काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने
काठमाडौंको विभिन्न स्थानमा आज बिजुली अवरुद्ध हुने
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने
सहकारी ठगी प्रकरण : कुमार रम्तेललाई काठमाडौं ल्याइयो, रवि र छविलाई पनि ल्याइने