प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, माघ १०, २०८१
|
|
२९ पटक हेरिएको
Shares
प्राधिकरणको लापरबाहीले करेन्ट लागेर गुरुङको मृत्यु,

सारांश

  • विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ ।
  • स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि शव बुझेका छन् ।
  • उचित क्षतिपूर्ति दिने सहमति भएपछि मृत्यु भएका देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ वर्षीय सोमबहादुर गुरुङको शव परिवारले बुझेका हुन् ।

१० माघ,  तनहुँ । विद्युत् प्राधिकरणको लापरबाहीले तनहुँमा एक जनाको मृत्यु भएको छ । स्थानीयको विरोध पछि प्राधिकरणले माफी माग्दै मृतक परिवारलाई क्षतिपूर्ति दिने सहमति पछि शव बुझेका छन् । उचित क्षतिपूर्ति दिने सहमति भएपछि मृत्यु भएका देवघाट गाउँपालिका–५ का बगन्दीगाउँका ६८ वर्षीय सोमबहादुर गुरुङको शव परिवारले बुझेका हुन् ।

गुरुङको मङ्गलबार करेन्ट लागि मृत्यु भएको थियो । बिजुलीको पोलको सर्पोटको लागि टाँगिएको तारमा विद्युत् सट भई करेन्ट प्रवाह हुँदा गोठालो गएका गुरुङको मृत्यु भएको देवघाट गाउँपालिका वडा नम्बर ५ की वडा सदस्य कमला गुरुङले जानकारी दिनुभयो । वडा सदस्य गुरुङका अनुसार करेन्ट लाग्दा गुरुङको घटनास्थलमै मृत्यु भएको थियो ।  वडा सदस्य गुरुङले उक्त घटना नेपाल विद्युत् प्राधिकरणको

लापरबाहीको कारण भएको हुँदा प्राधिकरणले मृतक परिवारलाई क्षतिपूर्ति स्वरूप पाँच लाख रुपैयाँ दिने प्रतिबद्धता जनाएको र किरिया खर्च बापत २५ हजार रुपैयाँ दिएको वडा सदस्य गुरुङले जानकारी दिनुभयो । नेपाल विद्युत् प्राधिकरण तनहुँ वितरण केन्द्रका प्रमुख विजयराज रेग्मीले नेपाल विद्युत् प्राधिकरणको मूल्याङ्कन कमिटी गठन गरेर क्षतिपूर्ति प्रदान गरिने बताउनुभयो ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
न्यूरोडस्थित तस्करीको सुन गाल्ने कारखानामा प्रहरीको छापा, सञ्चालक पक्राउ
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
संयुक्त निर्वाचन सञ्चालन’ केन्द्र उद्घाटन, समस्या तक्षणमै समाधान गरिने
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
बागमतीमा कांग्रेसका खानेपानी मन्त्रीले दिए राजीनामा
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
रवि र छविको रिटमा सुनुवाइ सकियो, आदेश आउन बाँकी
आज अन्तरराष्ट्रिय परिवार दिवस
आज अन्तरराष्ट्रिय परिवार दिवस
मधेश सरकारसँग चार बुँदे सहमतिपछि आमरण अनशन स्थगित
सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन
सुरु भयो लुम्बिनी प्रदेशसभाको छैटौँ अधिवेशन
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
हराएको ४ दिनपछि माकलबारीमा गाडिएको अवस्थामा भेटियो युवकको शव, ६ जना पक्राउ
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा
जेनजीका आवाज सम्बोधन गर्न चुनावअघि साझा राष्ट्रिय समझदारी : गगन थापा