बैंककमा विमान दुर्घटना, ९ जनाको मृत्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, भाद्र ७, २०८१
|
|
२५ पटक हेरिएको
Shares

सारांश

  • थाइल्यान्डको राजधानी बैंकक नजिकै एउटा विमान दुर्घटना हुँदा त्यसमा सवार ९ जनाको मृत्यु भएको छ ।
  • विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए ।
  • विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्  ।

 

७ भदौ , काठमाडौँ । थाइल्यान्डको राजधानी बैंकक नजिकै एउटा विमान दुर्घटना हुँदा त्यसमा सवार ९ जनाको मृत्यु भएको छ ।

विमानभित्र दुई जना थाई पाइलटको साथमा पाँच चिनियाँ र दुई जना थाई नागरिक सवार थिए । विमानमा सवार सबैजनाको मृत्यु भएको अधिकारीहरूले बताएका छन्  । विमान बैंकको मुख्य विमानस्थलबाट स्थानीय समयअनुसार दिउँसो २ः४६ बजे उडेको थियो । विमान थाइल्यान्डको पूर्वमा रहेको ट्राट विमानस्थल जाँदै थियो । उडेको १० मिनेटमै विमानको सम्पर्क टुटेको र दुर्घटना भएको हो ।

विमान खस्दा नजिकैको घरहरूमा समेत क्षति पुगेको बताइएको छ । दुर्घटना भएको स्थान नजिकैको नदीमा बाढी आएकोले खोजी कार्यमा अवरोध आएको थियो । अहिलेसम्म दुर्घटनाको कारण स्पष्ट भइसकेको छैन । यस दुर्घटनाबारे अनुसन्धान सुरु गरिएको र विमानका टुक्राहरु हिलोमा भेटिएको बैंकक पोष्टले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?