प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, बैशाख २६, २०८२
|
|
२७ पटक हेरिएको
Shares
प्रधानमन्त्री ओलीसँग भारतीय राजदूतको भेट

सारांश

  •   प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ ।
  • प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।
  • उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे ।

२६ वैशाख, काठमाडौं । 

प्रधानमन्त्री केपी शर्मा ओलीसँग नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवको आज भेट भएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा भएको भेटमा भारतको पहलगाममा गत २२ अप्रिलमा भएको आतङ्कवादी आक्रमणका कारण भारत–पाकिस्तानबीच उत्पन्न पछिल्लो तनाव र घटनाक्रमबारे राजदूत श्रीवास्तले प्रधानमन्त्री ओलीलाई जानकारी गराएका थिए ।

उनले आक्रमण भएको ठाउँमा भारतले जवाफी कारवाही गरेको तर जेट हमला गरेको भन्ने प्रचार सत्य नभएको स्पष्ट गरे । राजदूत श्रीवास्तवले उक्त घटनाका सम्बन्धमा नेपाल सरकारबाट बिहीबार सार्वजनिक भएको वक्तत्वप्रति धन्यवाद व्यक्त गरेका थिए । सो अवसरमा प्रधानमन्त्री ओलीले नेपाल विश्व शान्तिका पक्षमा रहेको उल्लेख गर्दै सबै प्रकारका आतङ्कवादविरुद्ध आफ्नो दृढ अडान अनुरूप उक्त आतङ्कवादी हमलाको भत्र्सना गरे । उनले नेपालले कुनै पनि द्वन्द्वरत शक्तिलाई आफ्ना छिमेकी राष्ट्रहरूविरुद्ध आफ्नो भूमि प्रयोग गर्न नदिने स्पष्ट गरेका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
भारतले आज रातिदेखि धौलीगंगा बाँधको ढोका खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह
अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
अख्तियारबाटै प्रश्न उठेपछि गृहमन्त्रीले सच्याए डीआईजी सरुवाको निर्णय
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
जर्मन विकास बैंकद्वारा थानकोटमा प्रसूति तथा स्त्रीरोग विशेषज्ञ अस्पताल बनाउन प्रारम्भिक खाका स्वीकृत
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
वार्तामार्फत शिक्षकको माग सम्बोधन गर्न अध्यक्ष यादवको सुझाव
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
ओलीले संसद्‌मा पाए दुईतिहाइ मत : पक्षमा १८८, विपक्षमा ७४
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
नेताहरूसँग लड्न सिक्नुपर्छ, नागरिक बन्न प्रश्न गर्न आवश्यक : सीके लाल
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
३२ जनाको नाम राखेर सार्वजनिक वक्तव्य विवादित, नाम ‘किर्ते’ भएको गुनासो
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
भोलि ३ हजार प्रहरी स्ट्याण्डबाई, टुँडिखेल र संसद भवनमा उच्च निगरानी
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने
सरकार र शिक्षक बिचकाे वार्ता बिना निष्कर्ष टुंगियो, आन्दोलन जारी रहने