काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष २६, २०८२
|
|
२८ पटक हेरिएको
Shares
काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराको स्वतन्त्र उम्मेदवारी घोषणा

सारांश

  • आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् ।
  • शनिबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोहराले देशको वर्तमान राजनीतिक संरचना र निर्वाचन प्रणालीले स्थिर सरकार दिन नसकेको दाबी गर्दै आफू स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रन लागेको बताएका हुन् ।
  • कार्यक्रममा बोल्दै उनले संविधान संशोधन र निर्वाचन प्रणाली परिवर्तन नगरी देशले खोजेको स्थायित्व सम्भव नहुने बताएका छन् ।

काठमाडौं ।

आगामी प्रतिनिधिसभा निर्वाचनका लागि काठमाडौं क्षेत्र नम्बर–२ बाट अनुप बोहराले स्वतन्त्र उम्मेदवारी दिने घोषणा गरेका छन् । शनिबार काठमाडौंमा आयोजित उम्मेदवारी घोषणा कार्यक्रममा बोहराले देशको वर्तमान राजनीतिक संरचना र निर्वाचन प्रणालीले स्थिर सरकार दिन नसकेको दाबी गर्दै आफू स्वतन्त्र उम्मेदवारका रूपमा मैदानमा उत्रन लागेको बताएका हुन् । कार्यक्रममा बोल्दै उनले संविधान संशोधन र निर्वाचन प्रणाली परिवर्तन नगरी देशले खोजेको स्थायित्व सम्भव नहुने बताएका छन् ।

‘हाम्रो माग स्पष्ट छ । जबसम्म संविधान संशोधन हुँदैन र निर्वाचन प्रणाली परिवर्तन हुँदैन, देशले चाहेको प्रत्यक्ष कार्यकारी नेतृत्व सम्भव छैन,’ बोहराले भने, ‘देशलाई पाँच वर्ष टिक्ने प्रधानमन्त्री चाहिएको छ तर अहिलेको संविधानले त्यो अनुमति दिँदैन ।’ उनले वर्तमान व्यवस्थाले युवापुस्ताको आवाज समेट्न नसकेको उल्लेख गर्दै जेनजीका मागहरू बेवास्ता गरिएको आरोप लगाए । ‘यो संविधानले जेनजीका मागहरू पूरा गर्दैन,’ उनले भने । राजनीतिमा सीमित कार्यकर्तामात्र सक्रिय रहेको उल्लेख गर्दै बोहराले आम नागरिक सचेत हुनुपर्ने आवश्यकता औंल्याए । ‘राजनीतिमा १०–२० लाख कार्यकर्ता मात्र होमिएका छन तर दुई करोड जनताले यो यथार्थ बुझ्न जरुरी छ,’ उनले भने । बोहराले संविधान संशोधन, युवाका मागको सम्बोधन, राजनीतिक स्थिरता र विकासलाई आफ्नो मुख्य एजेन्डा बनाउने बताए । अस्थिरता सिर्जना गर्ने पुराना र नयाँ शक्तिलाई पराजित गर्दै वास्तविक परिवर्तन चाहने शक्तिलाई जिताउनुपर्ने उनको धारणा छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

कर्णालीप्रदेशमा असार १५ गते सार्वजनिक बिदा
कर्णालीप्रदेशमा असार १५ गते सार्वजनिक बिदा
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
रास्वपा र राप्रपाद्वारा प्रतिनिधिसभामा विरोध
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
जग्गा घोटालामा टीकापुरका उपमेयर दोषी ठहर
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
लामो दूरीका यातायात तीन दिनका लागि बन्द
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
मृतक जेनजी पुस्ताको संख्या १६ पुग्यो, गम्भिर घाइते एम्बुलेन्सले मात्रै ५० बढि ओसारेको दाबी
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पहिरोले अवरुद्ध भएको काठमाडौं–मुग्लिन सडक खुल्यो
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
पत्रकारहरुलाई चौथो अंग भनिएपनि व्यवहारमा सम्मान छैन : मन्त्री खरेल
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
काठमाडौंको तारकेश्वरमा ईभी माइक्रो साङला खोलामा खस्यो, मानवीय क्षति भएन
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
बोरामा प्याक गरेर बागतमीमा शव फालिएको घटनामा थप एकजना पक्राउ
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव
काठमाडौं उपत्यकामा २४ सै घण्टा स्वच्छ खानेपानी आपूर्ति हुन्छ : मन्त्री यादव