नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ १३, २०८२
|
|
५४ पटक हेरिएको
Shares
नेपाली क्रिकेट टोलीले विश्वकप छनोटअघि अस्ट्रेलियामा टी-२० सिरिज खेल्ने

सारांश

  • आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ।
  •  विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।
  • नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ।

१३ असार, काठमाडौं ।

आईसीसी टी-२० विश्वकप एसिया क्षेत्र छनोटको तयारीमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले अस्ट्रेलिया भ्रमण गर्ने भएको छ। विश्वकप छनोटअघि नेपाली टोलीले अस्ट्रेलियामा टप इण्ड टी-२० सिरिज खेल्न लागेको नेपाल क्रिकेट संघ (क्यान) ले जनाएको छ।

नेपालले डिएक्ससी एरिना, टिआईओ स्टेडियम र क्याजलीज एरेनामा खेल्नेछ। सिरिज १४ अगस्टदेखि २४ सम्म अस्ट्रेलियाको डार्बिनमा हुनेछ।
नेपालले अस्ट्रेलियामा रहँदा कम्तीमा पनि ६ खेल खेल्नेछ। अस्ट्रेलियामा हुने तयारीले नेपालको टी-२० विश्वकप छनोटमा सहयोग पुग्ने क्यानले विश्वास लिएको छ। सिरिजमा सहभागी हुने टोलीको नाम अर्को साता घोषणा हुने बताइएको छ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?