सुनसरीको झुम्का कारागारबाट कैदी भागे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
२५ पटक हेरिएको
Shares
सुनसरीको झुम्का कारागारबाट कैदी भागे

सारांश

  •   सुनसरीको झुम्का कारागारबाट एक कैदी भागेका छन्।
  • जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ निवासी २८ वर्षीय रुपक पौडेल (खत्री) बुधबार (आज) बिहान कारागारको वाल चढेर भागेका हुन्।
  • कारागारको बी ब्लकमा रहेका खत्रीले १६ फिट अग्लो वाल नाघेर फरार भएका हुन्।

२८ साउन, विराटनगर । 

सुनसरीको झुम्का कारागारबाट एक कैदी भागेका छन्। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ निवासी २८ वर्षीय रुपक पौडेल (खत्री) बुधबार (आज) बिहान कारागारको वाल चढेर भागेका हुन्। कारागारको बी ब्लकमा रहेका खत्रीले १६ फिट अग्लो वाल नाघेर फरार भएका हुन्। उनले मुढा बनाउने उद्योग छेउका बाँसका सामानहरू प्रयोग गरी वाल नाघेको बताइएको छ। भागेका खत्रीलाई प्रहरी परिचालन गरेर खोजतलास भइरहेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, डीआइजी ईश्वर कार्कीले कैदीबन्दी भागेको पुष्टि गरे। ‘ठ्याक्कै कति बजे भागेको भन्नेबारे नखुलेपनि प्रहरीलाई राति नै जानकारी आएको हो,’ उनले भने, ‘भागेको सत्य हो। हामीले खोजिराखेका छौँ।’ उनले चारैतिर प्रहरी खटाएर खोजतलास भइरहेको बताए। रातिबाटै सक्रिय भएर खोजिराखेका छौँ, उनले भने। यो कारागार कोशी प्रदेशको क्षेत्रीय कारागार हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
एयरपोर्ट भन्सारमा प्रतिदिन करोडौं घोटाला हुने गरेको छ : प्रचण्ड
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
ईपीएस प्रक्रियामा अन्याय भएको भन्दै विद्यार्थी द्वारा ईपीएस कोरिया शाखा अगाडि आन्दोलन
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु, एक घाइते
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
६१ किलो सुन प्रकरणमा पक्राउ परेकी अमला रोकालाई २ लाख धरौटीमा छाड्न आदेश
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
पानीमा फोहोर भेटिएपछि उद्योगलाई दुई लाख जरिवाना
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ
दुई हजार एक सय किलो गाँजासहित तीन पक्राउ
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
ह्वाइटहाउसद्वारा हार्वर्ड विश्वविद्यालयमा विदेशी विद्यार्थी भर्ना अनुमति रोक्का
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
बेनी–जोमसोम–कोरला खण्डमा ८५ प्रतिशत काम सम्पन्न
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
हुम्लाको एक विद्यालयमा आगलागी हुँदा सम्पुर्ण शैक्षिक सामाग्री खरानी
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश
गभर्नर नियुक्ति विरुद्ध सर्वाेच्चमा रिट पेश