सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

सुनसरीको झुम्का कारागारबाट कैदी भागे

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, श्रावण २८, २०८२
|
|
६३ पटक हेरिएको
Shares
सुनसरीको झुम्का कारागारबाट कैदी भागे

सारांश

  •   सुनसरीको झुम्का कारागारबाट एक कैदी भागेका छन्।
  • जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ निवासी २८ वर्षीय रुपक पौडेल (खत्री) बुधबार (आज) बिहान कारागारको वाल चढेर भागेका हुन्।
  • कारागारको बी ब्लकमा रहेका खत्रीले १६ फिट अग्लो वाल नाघेर फरार भएका हुन्।

२८ साउन, विराटनगर । 

सुनसरीको झुम्का कारागारबाट एक कैदी भागेका छन्। जबरजस्ती करणी मुद्दामा सजाय भोगिरहेका खोटाङको दिप्रुङ चुईचुम्मा गाउँपालिका-२ निवासी २८ वर्षीय रुपक पौडेल (खत्री) बुधबार (आज) बिहान कारागारको वाल चढेर भागेका हुन्। कारागारको बी ब्लकमा रहेका खत्रीले १६ फिट अग्लो वाल नाघेर फरार भएका हुन्। उनले मुढा बनाउने उद्योग छेउका बाँसका सामानहरू प्रयोग गरी वाल नाघेको बताइएको छ। भागेका खत्रीलाई प्रहरी परिचालन गरेर खोजतलास भइरहेको छ।

कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रमुख, डीआइजी ईश्वर कार्कीले कैदीबन्दी भागेको पुष्टि गरे। ‘ठ्याक्कै कति बजे भागेको भन्नेबारे नखुलेपनि प्रहरीलाई राति नै जानकारी आएको हो,’ उनले भने, ‘भागेको सत्य हो। हामीले खोजिराखेका छौँ।’ उनले चारैतिर प्रहरी खटाएर खोजतलास भइरहेको बताए। रातिबाटै सक्रिय भएर खोजिराखेका छौँ, उनले भने। यो कारागार कोशी प्रदेशको क्षेत्रीय कारागार हो।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ , आजको लागि विदेशी मुद्राको विनिमयदर
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
गलकोट जिप दुर्घटना : मृतकको शव परीक्षण सुरु, आजै परिवारलाई बुझाइने
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
सर्लाहीका १६ सय भन्दाबढी घर बाढीको डुबानमा
नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी
नेपाल-भारतबीच ढल्केबर मुजफ्फरपुरको क्षमता १०० मेगावाट बढाउने समझदारी
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
एक सय अर्ब डलरको अर्थतन्त्र निर्माण गर्न निजी क्षेत्रको साथ अपरिहार्य : अर्थमन्त्री वाग्ले
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
सुर्खेतको पञ्चपुरीमा जीप दुर्घटना हुँदा १४ जना घाइते
लगानी बोर्डको सीईओमा यांकी नियुक्त
लगानी बोर्डको सीईओमा यांकी नियुक्त
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
चुनावमा असहयोग गर्ने नेतामाथि एमालेले थाल्यो कारबाही
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई
पर्यटनमन्त्रीको कार्यभार खेलकुद मन्त्रीलाई