वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ २०, २०८२
|
|
१४ पटक हेरिएको
Shares
वर्तमान व्यवस्था जोगाउन गठबन्धन अनिवार्य : गृहमन्त्री लेखक

सारांश

  • गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा अपरिहार्य रहेको बताएका छन् ।
  • नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले पछिल्ला ७० वर्षमा नेपालमा सात वटा संविधान परिवर्तन भइसकेको स्मरण गराउँदै वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ सबैको ध्यान जानु पर्ने बताएका हुन् ।
  • उनले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन आवश्यक भएको भन्दै अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढिरहेको जानकारी दिए ।

२० असार, धनगढी।

गृहमन्त्री रमेश लेखकले समृद्ध नेपालका लागि हालसम्म भएका परिवर्तनहरूको रक्षा अपरिहार्य रहेको बताएका छन् । नेपाली कांग्रेस जिल्ला कार्यसमिति बैतडीले आयोजना गरेको भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री लेखकले पछिल्ला ७० वर्षमा नेपालमा सात वटा संविधान परिवर्तन भइसकेको स्मरण गराउँदै वर्तमान संविधानलाई कार्यान्वयन गर्नेतर्फ सबैको ध्यान जानु पर्ने बताएका हुन् ।

उनले राजनीतिक स्थायित्वका लागि नेपाली कांग्रेस र नेकपा एमालेबीच गठबन्धन आवश्यक भएको भन्दै अहिलेको सरकार सात बुँदे सहमति अनुसार अगाडि बढिरहेको जानकारी दिए । ‘हामी दुई ठूला प्रतिस्पर्धी दल मिल्नुको एउटै कारण व्यवस्थालाई जोगाउने र स्थायित्व कायम गर्ने हो,’ मन्त्री लेखकले भने । उनले गठबन्धनका आधारमा आगामी चुनावी सरकारको नेतृत्व कांग्रेस सभापति शेरबहादुर देउवाले गर्ने पनि स्पष्ट पारे ।

सरकारप्रति आएका गुनासाहरूलाई सम्बोधन गर्न सरकार सक्रिय रहेको उल्लेख गर्दै उनले केही साना समस्या भए पनि ती समाधान गर्दै सरकार अगाडि बढिरहेको जानकारी दिए । कार्यक्रममा नेपाली कांग्रेस बैतडीका सभापति चतुरबहादुर चन्दले झुलाघाट मोटरेबल पुल निर्माणका लागि भारतसँग सहकार्य आवश्यक रहेको बताए। साथै, महाकाली करिडोरमा बजेट अभाव देखिएको भन्दै यसमा सरकारले आवश्यक ध्यान दिनुपर्ने आवश्यकता औँल्याए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
काठमाडौं–४ मा रास्वपाका पुकार बम निर्वाचित
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
‘हर्ष’लाई रुवाउने सिनेमा मात्र भनेर बुझ्नु गलत हुन्छ : वर्षा राउत
भीरबाट लडेर एक महिलाको मृ*त्यु
भीरबाट लडेर एक महिलाको मृ*त्यु
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
दुई करोड १० लाखमा दुई कल्भर्ट निर्माण
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
ललितपुर धापाखेलको नागदहले नयाँ रुप पाउने, टेन्डर प्रक्रिया अन्तिम चरणमा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
डेढ करोड अकुत आर्जन अभियोगमा भोजपुरका डिभिजन वन अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा
तीन गाउँपालिकाका नौ वडामा टेलिफोन सेवा अवरुद्ध
तीन गाउँपालिकाका नौ वडामा टेलिफोन सेवा अवरुद्ध
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
काठमाडौं महानगपालिकाले मागे शिक्षा शाखा प्रमुखसँग स्पष्टीकरण
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
एमालेले अध्यक्ष ओलीको पक्राउको विरोधमा थप देशव्यापी विरोध कार्यक्रम गर्ने
साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान
साइबर ब्युरोले लियो एमाले नेता महेश बस्नेतको बयान