बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आषाढ ७, २०८१
|
|
२२ पटक हेरिएको
Shares
बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, लेख्नुहोस्ः प्रधानमन्त्री

सारांश

  •  प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले गलत सूचना प्रवाह गरेर सर्वसाधारण जनतालाई भ्रमित तुल्याउने र समाजमा नकारात्मक भाष्य सिर्जना गर्न खोज्नेहरूले देश र जनतालाई माया नगर्ने बताएका छन्।
  • नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए।
  •  “सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ।

नेपाल बुद्धिजीवी सङ्गठन छैटौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै प्रधानमन्त्री प्रचण्डले सिर्जनात्मक र सकारात्मक सोचसहित जनतामा आशा प्रवाह गरेरमात्र समाजलाई सही दिशातर्फ लैजान सकिने बताए। “सबै नेता उस्तै हुन्, यहाँ केही हुँदैन भन्ने भाष्य गलत हो, जसले नकारात्मक भाष्य बनाएका छन्, उनीहरूमा देश र जनताप्रति माया छैन, रहँदैन,” प्रधानमन्त्री प्रचण्डले भने, “इतिहासमा योगदान गर्ने शक्तिहरूको पक्षमा सकारात्मक तवरले सन्देश प्रवाह हुनुपर्छ, गर्नुपर्छ। तपाईँ बुद्धिजीवीहरू परिवर्तनका पक्षमा खुलेर बोल्नुस्, डटेर लेख्नुहोस्, कुनै अप्ठ्यारो मान्नु पदैन।”

नेपालको राजनीतिक परिवर्तनमा बुद्धिजीवीहरूको महत्त्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै प्रधानमन्त्रीले संसारभर जनतालाई कतापट्टि डोर्‍याउने भन्ने सवालमा बुद्धिजीवीहरूको निर्णायक हुने भएकाले त्यसतर्फ लाग्नुपर्नेमा जोड दिए। उनले भने, “क्रान्ति, शान्ति प्रक्रिया र संविधान निर्माणमा बुद्धिजीवीको योगदान रहेको छ। हिजो विचार निर्माण र सङ्गठन निर्माणमा बुद्धिजीवीहरूको सक्रियता थियो, आज पनि उत्तीकै छ।”  क्रान्तिपछि भएका महत्त्वपूर्ण कामहरूलाई नजरअन्दाज गरेर परिवर्तनविरोधी भाष्य निर्माण गर्न खोजीएको भन्दै प्रधानमन्त्री प्रचण्डले त्यस्ता गतिविधिको खुलेर विरोध गर्न र प्रतिवाद गर्नुपर्ने आवश्यकता औंल्याए। उनले बुद्धिजीवीहरूको जिम्मेवारी समाजमा सकारात्मक भाष्य निर्माण गरेर आशाको सन्देश प्रवाह गर्नु रहेको बताए।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
भारी वर्षा र भूस्खलनका कारण उत्तरी चीनमा ३० जनाको मृ*त्यु
जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी
जथाभावी डिप बोरिङ खन्ने सरकारको निर्णय भविष्यमा घातक बन्नसक्ने विज्ञको चेतावनी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
जनआन्दोलन, मधेश आन्दोलन र जेनजी आन्दोलनका सहिदहरुलाई एक समान सुविधा दिने मधेश सरकारको तयारी
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
सुवास नेम्वाङ निधनको शोकमा बिहीबार देशभर सार्वजनिक बिदा
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
जापानका प्रधानमन्त्री इशिबाले राजीनामा दिदै
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
माओवादीसँग एकता गर्न बाबुरामको संयोजकत्वमा समिति गठन
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
राज्य व्यवस्था र विधायन व्यवस्थापन समितिको बैठक बस्दै
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
मधेशमा रोपाइँ साढे १० प्रतिशतले घट्यो
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
नेपाल राष्ट्र बैंकको गभर्नर चाँडै नियुक्त हुन्छ : गृहमन्त्री लेखक
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या
सर्लाहीको चुरे जङ्गलमा डढेलो : पाइप जलेपछि खानेपानीको समस्या