सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!
 सखुवा प्रसौनी गाउँपालिकाको सार्वजनिक अनुरोध!

असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
१९४ पटक हेरिएको
Shares
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

सारांश

  • नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो ।
  • आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।

 

काठमाडौं ।

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो । आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘केन्द्रीय समितिको बैठक आगामी अब यो असार १५ देखि २० को बीचमा अध्यक्ष र महासचिवको बीचमा सरसल्लाह गरेर तय हुनेछ ।’

बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको हुनाले जुन बजेट ल्याउने क्रम छ त्यसलाई केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पु¥याउन विज्ञलाई पठाउने निर्णय गरेको छ । उनले भने, ‘प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको छ । त्यो बारेमा छलफल गर्न आवश्यक छैन । बजेट जो ल्याउने क्रम छ, केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पु¥याउन विज्ञलाई पठाउने भन्ने छ ।’ उनका अनुसार पार्टीभित्र जुन खालको एकता र भाव पैदा भएको छ त्यो भावले फेरि उत्साह आम पार्टी पङ्क्तिमा र जनतामा त्यो पैदा हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
जसपा नेपालको केन्द्रीय समिति बैठक सुरु
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
बलात्कार मुद्दाका थुनुवा पाटन अस्पतालबाट फरार
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
कवाड हटाउन अझै अटेर गरे महानगर प्रहरी फेरि डोजर चलाउन बाध्य हुनेछ : नगर प्रहरी प्रमुख पाण्डे
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
राष्ट्रपतिको पहलमा शीर्ष नेता र प्रधानमन्त्रीबीच भेटवार्ता
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
मलेसियाबाट छोरीको शव झिकाउन नगरपालिका धाइरहेकी धनमाया
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
सिंहदरबारमा सर्वदलीय बैठक सुरु
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
‘राजासहितको प्रजातन्त्र’को नारासहित नयाँ पार्टी खोल्ने धवलशमशेरको घोषणा
बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो
बिरुवा रोपेर झापामा विश्व वातावरण दिवस मनाइयो
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त
सेती नदीमा निर्माणाधीन ‘सिग्नेचर’ पुलको काम सुस्त