असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, जेठ ११, २०८३
|
|
१८६ पटक हेरिएको
Shares
असार १५ देखि २० गते सम्मका लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय

सारांश

  • नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ ।
  • पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो ।
  • आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए ।

काठमाडौं ।

नेकपा (एमाले)को केन्द्रीय सचिवालय बैठक सम्पन्न भएको छ । पार्टी अध्यक्ष केपी शर्मा ओली निवास गुण्डुमा चार दिनसम्म चलेको सचिवालय बैठक हिजो (आइतबार) सम्पन्न भएको हो । आइतबार बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरूलाई जानकारी दिँदै एमाले उपमहासचिव लेखराज भट्टले सचिवालय बैठकले असार १५ देखि २० सम्मको लागि केन्द्रीय कमिटी बैठक बोलाउने निर्णय गरेको जानकारी दिए । उनले भने, ‘केन्द्रीय समितिको बैठक आगामी अब यो असार १५ देखि २० को बीचमा अध्यक्ष र महासचिवको बीचमा सरसल्लाह गरेर तय हुनेछ ।’

बैठकले रामबहादुर थापा बादलको संयोजकत्वमा निर्वाचन र पार्टी पुनर्गठनसम्बन्धी समीक्षा सुधारका लागि समिति गठन गर्ने निर्णय गरेको छ । बैठकले प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको हुनाले जुन बजेट ल्याउने क्रम छ त्यसलाई केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पु¥याउन विज्ञलाई पठाउने निर्णय गरेको छ । उनले भने, ‘प्रदेश र स्थानीय तहको बजेट सम्बन्धमा प्रदेशले नीतिहरू ल्याइसकेको छ । त्यो बारेमा छलफल गर्न आवश्यक छैन । बजेट जो ल्याउने क्रम छ, केन्द्रीय कार्यालयबाट विशेषज्ञहरूको छनोट गरेर हरेक प्रदेशमा बजेट निर्माणमा सहयोग पु¥याउन विज्ञलाई पठाउने भन्ने छ ।’ उनका अनुसार पार्टीभित्र जुन खालको एकता र भाव पैदा भएको छ त्यो भावले फेरि उत्साह आम पार्टी पङ्क्तिमा र जनतामा त्यो पैदा हुन्छ भन्ने विश्वास छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

तोकिएको समयमा निर्वाचन हुनैपर्छ : बिमलेन्द्र निधि
पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी
पूर्वएआईजी सुवेदीविरुद्ध साइबर ब्युरोमा उजुरी
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
झापाका स्थानीय समस्याबारे जनप्रतिनिधि र व्यक्तित्वसँग बालेनको छलफल
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
सुदन गुरुङमाथि पत्रकार सम्मेलनमै हातपात, पुग्यो प्रहरी
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
युवालाई नेतृत्वमा ल्याउने काम एमालेले व्यवहारमै उतार्योः सुनिता डंगोल
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा
सूर्यदर्शन सहकारी ठगी प्रकरण : बाबु–छोरी नै हिरासतमा
भरुवा बन्दुक  र चोरीका सामानसहित ३ जना पक्राउ
भरुवा बन्दुक र चोरीका सामानसहित ३ जना पक्राउ
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
बागमतीसहित यी आठ नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाऔँ: बाढी महाशाखा
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा
प्रचण्ड र गोपाल किरातीबीच ऐतिहासिक एकता घोषणा