अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, चैत्र २५, २०८१
|
|
३० पटक हेरिएको
Shares
अत्याधिक वायु प्रदूषणले हवाइ उडान प्रभावित, व्यवसायी निराश

सारांश

  • अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् ।
  • दर्जनौं उडान रद्द समेत भइरहेका छन् ।
  • धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् ।

२४ चैत,  काठमाडौं ।

अहिलेसम्मकै उच्च वायुप्रदूषणका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललगायत देशभरका विमानस्थलहरुबाट नियमित हुने हवाई उडान प्रभावित भएका छन् । दर्जनौं उडान रद्द समेत भइरहेका छन् । धुँवा, धुलो र वायु प्रदूषणका हवाई रुटमा पर्ने आकाशमा बाक्लो तुँवालो लागेपछि उडान डिले हुने मात्र नभइ धमाधम रद्द पनि भइरहेका छन् ।

विमान कम्पनीहरुका अनुसार एक सातामा करित दुई सय बढी उडान रद्द भएका छन् । सोमबार विहान मात्रै बुद्ध एयरको पोखरा र भरतपुर उडान पनि प्रभावित भएको कम्पनीका प्रवक्ता दीपेन्द्र कर्णले जानकारी दिए ।वायुप्रदूषका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने उडान प्रभावित हुन पुगको छ । सोमबार धेरै उडानहरु प्रभावित नै भएका छन् । सोमबार विहान मात्र पोखरा, भरतपुर उडान पनि प्रभावित भएको छ । ४ बजेसम्म पनि यस्तै अवस्था रह्यो भने सबै उडान रद्द हुने सम्भावना छ । यसरी उडानहरु प्रभावित हुँदा कम्पनीहरुलाई नोक्सान त हुने नै भयो ।’

साथै कर्णले काठमाडौं–तुम्लिङटार उडानको रुट रद्द भएको जानकारी दिए । उनले यसरी वायु प्रदूषणले हवाइ उडान प्रभावित हुँदा आउँजाउँ गर्ने यात्रुहरुले सास्ती व्यहोर्नुपरेको बताए । मुख्य पर्यटकीय सिजनमै उडानहरू रद्द हुँदा आर्थिक क्षतिसँगै नेपालको पर्यटन क्षेत्र नराम्ररी प्रभावित भएको छ । पर्यटकीय सिजनमा वायुसेवा अपरेटरहरुले पोखरा, जोमसोम र लुक्ला क्षेत्रका उडानबाट राम्रो आम्दानी गर्ने गर्छन् । डलरफेयर’ मा आम्दानी गर्ने कम्पनीहरु यही बेला उडानहरू रद्द हुँदा वायुसेवा कम्पनीहरुको मुख्य आम्दानीको सिजनमा निराश हुनुपरेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
देश विकासमा मतभेद नराखौँ :प्रधानमन्त्री ओली
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
नक्कली सुनको मूर्ती बेचेर २१ लाख ठगी, आरोपी पक्राउ
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य
किर्ते कागजात प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित
किर्ते कागजात प्रकरण : नेपाल वायुसेवा निगमका दुई कर्मचारी निलम्बित
एयर इन्डिया विमान दुर्घटना : पूर्वमुख्यमन्त्रीसहित सबै २४२ यात्रुको मृत्यु
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
रास्वपाले माग्यो सांसदहरूलाई स्वकीय सचिव
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
उपत्यकाको प्रमुख जलनिकास बिन्दु चोभार गल्छीको निरीक्षण
राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
राष्ट्रपतिले प्रतिनिधिसभामै फिर्ता पठाए संवैधानिक परिषद् सम्बन्धी विधेयक
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध
सुनचाँदीका मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?
सुनचाँदीका मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?