चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र ३१, २०८२
|
|
४० पटक हेरिएको
Shares
चाडपर्व नजिकिएसँगै बढ्यो स्याउको मूल्य

सारांश

  • चाडपर्व नजिकिएसँगै स्थानीय बजारमा स्याउको मूल्य बढेको छ ।
  • कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो ।
  • आज मंगलबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो ३४ रुपैयाँ बढेको छ ।

३१ भदौ, काठमाडौं ।

चाडपर्व नजिकिएसँगै स्थानीय बजारमा स्याउको मूल्य बढेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले मंगलबार स्याउको मूल्यवृद्धि भएको देखाएको हो । आज मंगलबार फुजी स्याउको मूल्य थोकमा प्रतिकिलो ३४ रुपैयाँ बढेको छ । सोमबार फुजी स्याउ प्रतिकिलो थोकमा औसत २७६ रुपैयाँमा किनबेच भएको थियो ।

आज मंगलबार भने फुजी स्याउको प्रतिकिलो मूल्य थोकमा ३१० रुपैयाँ कायम छ । यस्तै एक महिनाको अवधिमा भने फुजी स्याउको भाउ ५.४९ प्रतिशतले घटेको देखिन्छ । भदौ पहिलो साता यो स्याउ प्रतिकिलो ३ सय २८ रुपैयाँमा किनबेच भएको थियो ।साउन अन्तिम साता बजारमा फुजी स्याउ प्रतिकिलो न्यूनतम २८० देखि अधिकतम ३३० रुपैयाँमा किनबेच भएको थियो ।यस्तै एक महिना अवधिमा  झोले स्याउको मूल्य पनि ३.५४ प्रतिशत घटेको छ । आज भने झोले स्याउ प्रतिकिलो २ सयदेखि २५० रुपैयाँमा किनबेच भइरहेको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
आईपीएलको पहिलो क्वालिफायरमा आज, पञ्जाव किंग्स र रोयल च्यालेन्जर्स भिड्दै
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
शरीर जलेकी श्रीमतीको ज्यान गयो, श्रीमान् पक्राउ
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
क्रोएसियालाई हराउँदै पोर्चुगल फिफा विश्वकपको अन्तिम १६ मा प्रवेश
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
बुटवल पावर कम्पनीको एफपीओ निष्काशन प्रक्रिया रद्द
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
उज्यालो नेपाल पार्टीको पहिलो चितवन जिल्ला भेला आज, कुलमानले सम्बोधन गर्ने
सभामुख घिमिरेबाट संसद अधिवेशन अन्त्यको घोषणा
सभामुख घिमिरेबाट संसद अधिवेशन अन्त्यको घोषणा
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
सात सय रुपैयाँले घट्यो सुनको मूल्य
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
कांग्रेसबाहेक अरू दलको अर्थनीति नै छैन : मन्त्री पौडेल
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
६५ मेगावाट क्षमताको म्याग्दीखोला जलविद्युत् आयोजना निर्माण सुरु
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी
रवि लामिछानेसहित प्रतिवादीहरुको थुनछेक बहस जारी