सुर्खेतमा सवारी दुर्घटना हुँदा १३ जना घाइते

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, फाल्गुन १५, २०८१
|
|
२५ पटक हेरिएको
Shares
सुर्खेतमा सवारी दुर्घटना हुँदा १३ जना घाइते

सारांश

  • दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
  • कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले वीरेन्द्रनगर नगरपालिका-२ को बाङ्गेसीमबाट १ किलोमिटर उता पश्चिमतर्फ घोडालोटेमा दुर्घटनामा परेको बताए ।
  • गाडी अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको थियो ।

 

१५ फागुन, वीरेन्द्रनगर — सुर्खेतमा जीप दुर्घटना हुँदा १३ जना घाइते भएका छन् । दैलेखबाट सुर्खेततर्फ आउँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०४९१ नम्बरको जीप दुर्घटनामा परेको जिल्ला ट्राफिक प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।

कार्यालयका प्रमुख प्रहरी निरीक्षक वकिल सुनारले वीरेन्द्रनगर नगरपालिका-२ को बाङ्गेसीमबाट १ किलोमिटर उता पश्चिमतर्फ घोडालोटेमा दुर्घटनामा परेको बताए । गाडी अनियन्त्रित भएर सडकबाट १५ मिटर तल खसेको थियो । घाइतेहरुको सुर्खेतका विभिन्न अस्पतालमा उपचार भइरहेको छ । बसमा १६ जना सवार रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ