रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, श्रावण २२, २०८१
|
|
२७ पटक हेरिएको
Shares
रवि लामिछाने सहित २६ जनासँग सोधपुछ गर्दै सहकारी छानबिन समिति

सारांश

  • सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ ।
  • सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो ।
  • स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो ।

२२ साउन, काठमाडौं । सहकारी संस्थाको बचत रकम दुरुपयोग सम्बन्धमा संसदीय छानबिन विशेष समितिले पूर्व गृहमन्त्री रवि लामिछाने सहित २६ जनालाई सोधपुछ गर्ने भएका छ ।

सहकारी ठगीमा पुर्पक्षका लागि थुनामा रहेका र बाहिर रहेका समेत २६ जनासँग सोधपुछ गर्न लागिएको सम्बद्ध स्रोतले जानकारी दियो । स्रोतका अनुसार समितिले वास्तविक तथ्य पत्ता लगाउन सोधपुछ गर्न लागेको हो । प्रहरी अनुसन्धान जसरी नभई सोधपुछ गरेर तथ्य पत्ता लगाउने तयारी छ । विदेश पलायन बाहेक २६ जनासँग सोधपुछ गर्ने तयारी भएको स्रोतले बतायो । पूर्व गृहमन्त्री समेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टी सभापति लामिछाने, शिवशिखर सहकारी अध्यक्ष केदारनाथ शर्मा, कान्तिपुर सहकारी पूर्वअध्यक्ष तथा पशुपति सहकारी अध्यक्ष सीबी लामा लगायतसँग समतिले सोधपुछ गर्ने स्रोतको भनाइ छ । समितिले यसअघि बचत तथा ऋण सहकारी केन्द्रीय संघ (नेफस्कुन), राष्ट्रिय सहकारी महासंघसँग पनि छलफल गरेको थियो । त्यस्तै महालेखा परीक्षकको कार्यालयको प्रतिवेदनको विषयमा समेत छलफल गरेको समितिले गृहमन्त्री, सचिव, प्रहरी महानिरीक्षकसँग समेत छलफल गरेको छ ।

प्रहरीले चलाएको सहकारी ठगीका मुद्दा समेत अध्ययन गरेको छानबिन समिति सभापति सूर्य थापाले बताए । ‘सहकारी विभागमा रजिस्ट्रारको सरुवा छिटोछिटो हुने रहेछ । पूर्व रजिस्ट्रारसँग पनि छलफल गरेका छौं,’ थापाले भने, ‘सहकारी पीडितसँग पनि छलफल भयो । सहकारी क्षेत्रको भक्तिगान धेरै गरिएछ ।’ कमजोर कानुनी व्यवस्था बनेको, कानुनमा व्यवस्था भएर पनि कर्जा सूचना केन्द्र र सुरक्षण कोष न्यायाधीकरण कुनै पनि बन्न नसकेको जस्ता विषय देखिएको उनले बताए । ‘अहिले भएका संरचनालाई कानुन संशोधन गरेर सम्बोधन गर्न सकिन्छ,’ थापाले भने, ‘सहकारीको बचत फिर्ता भएका उदाहरण पनि छन् । गुण कोअपरेटिभका सञ्चालक राजेन्द्र शाक्यलाई बोलाएर कसरी ५ अर्ब फिर्ता गरेको भन्ने विषयमा पनि छलफल गर्यौं।’ ओरेन्टलका निलम्बित अध्यक्ष सुधीर बस्नेत, साझा सहकारी संस्थापक विश्वबन्धु थापासँग समेत छलफल गरेको उनले बताए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
वायु प्रदूषण घटाउन साइकलको प्रयोग बढाउनुपर्ने
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
नीति तथा कार्यक्रमलाई कर्मकाण्डी बनाइयो : प्रचण्ड
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
रुसमा हेलिकप्टर दु*र्घटना हुँदा ५ जनाको मृ*त्यु, २ घाइते
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
टुँडिखेलमा  सेनाद्वारा फूलपाती बढाइँ गरिँदै
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
तीन करोडको लागतमा बन्यो लेगुवा खोला पक्की पुल
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
सहिदको बलिदानलाई सार्थक बनाउन राष्ट्रलाई स्थायित्वको दिशामा अगाडि बढाउनुपर्छ : गृहमन्त्री लेखक
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
पूराना पार्टीका कमजोरीहरुलाई देखाएर संविधानमाथि आक्रमण भयो : उपाध्यक्ष गुरुङ
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
रवि लामिछानेलाई पक्राउ गर्न जिल्ला अदालत कास्कीको अनुमति
आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना
आजको मौसम : पहाडी भेगमा चट्याङसहित वर्षा र हावाहुरीको सम्भावना