प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, जेठ २८, २०८२
|
|
३२ पटक हेरिएको
Shares
प्रतिनिधिसभाको आजको बैठकमा पनि विपक्षीको अवरोध

सारांश

  •   भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्।
  •    विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।
  • वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्।

प्रतिनिधिसभाको आजको बैठक पनि विपक्षीले अवरोध जारी राखेका छन्।  भिजिट भिसा प्रकरणमा विपक्षी दलहरूले गृहमन्त्रीमाथि छानबिन गर्न उच्चस्तरीय समिति गठनको माग गर्दै आज पनि प्रतिनिधिसभा बैठक अवरोध गरेका हुन्।   विपक्षी नेकपा (माओवादी केन्द्र), राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरूले भिजिट भिसा प्रकरणमा जोडिएका गृहमन्त्री रमेश लेखकमाथि छानबिन गर्न समिति गठन हुनुपर्ने भन्दै जेठ १३ गतेदेखि सदनमा अवरोध गरिरहेका छन्।

वैशाख १५ मा बजेट पेस गर्न दिएका प्रतिपक्षीले त्यसयताका कुनै पनि बैठक सञ्चालन गर्न दिएका छैनन्। सभामुख देवराज घिमिरेले बैठक सञ्चालनको वातावरण बनाउन प्रमुख सचेतकहरूसँग छलफल गरेका थिए। सभामुख देवराज घिमिरेले आजको बैठकको सुरु भएको जानकारी गराएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर विरोध जनाए।‍ दिउँसो २ बजेका लागि डाकिएको बैठक ३:१५ बजेका लागि सरेको थियो।  बैठकमा सभामुखले दलीय आधारमा बोल्न दिने प्रस्ताव गरेका थिए। तर विपक्षीले उक्त प्रस्ताव अस्वीकार गरे र उठिरहे।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
केन्द्रीय सुरक्षा समिति बैठकः सीमा र विमानस्थलमा निगरानी बढाइने
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
विराटनगरको रानी क्षेत्रमा झडप, प्रहरीले गर्‍यो अश्रुग्यास प्रहार
प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
प्रचण्ड सरकारलाई दिएको समर्थन जारी राख्ने जसपाको निर्णय
१४ डीएसपीको काज सरुवा, को कहाँ ?
१४ डीएसपीको काज सरुवा, को कहाँ ?
शुक्रबार कस्तो रहला देशभरको मौसम?
शुक्रबार कस्तो रहला देशभरको मौसम?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि
मकवानपुर क्षेत्र नं. १ मा रास्वपाका गौतम अगाडि
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
पर्यटनमन्त्री किरातीलाई तत्काल बर्खास्त गर्न माग गर्दै पशुपतिक्षेत्रमा बिरोध प्रदर्शन
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
गृहमन्त्री गुरुङले गरे प्रहरी परिसर काठमाडौंको अवलोकन
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल
राजनीतिक दल र जेनजीलाई विश्वासमा लिएरै सरकारले निर्वाचन सम्पन्न गर्छ: गृहमन्त्री अर्याल