वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन ७, २०८०
|
|
३४ पटक हेरिएको
Shares
वीरगन्जमा साँझ ५ बजेदेखि कर्फ्यु

सारांश

  • जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ ।
  • बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ ।
  •  पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए ।

७ फागुन, वीरगन्ज । जिल्ला प्रशासन कार्यालय पर्साले वीरगन्जमा कर्फ्यु आदेश जारी गरेको छ ।

बेलुका ५ बजेदेखि अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जिल्ला प्रशासन कार्यालय पर्साले सूचनामार्फत जानकारी दिएको छ । पर्साका प्रमुख जिल्ला अधिकारी दिनेशसागर भुसालले एक सूचना जारी गर्दै अर्को आदेश नहुञ्जेलसम्मका लागि कर्फ्यु आदेश जारी गरिएको जानकारी दिए । हिन्दु समाजको प्रदर्शनका क्रममा विवाद र झडपको स्थिति भएको भन्दै कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ ।

पूर्वमा नगवा चोक, पश्चिममा तिलावे पुल, उत्तरमा परवानीपुर पर्सा र दक्षिणमा मितेरी पुल (भन्सार) सम्म कर्फ्यु आदेश जारी गरिएको सूचनामा उल्लेख छ । कर्फ्यु आदेश जारी गरेको ठाउँमा हिँडडुल गर्न, जुलुस प्रदर्शन गर्न, घेराउ गर्न, भेला हुने लगायतका उच्छृङ्खल गतिविधि गर्न नपाइने समेत सूचनामा भनिएको छ ।

रौतहट जिल्लाको इसनाथ नगरपालिकामा भएको विवादलाई लिएर हिन्दु समाजले वीरगन्जमा प्रदर्शन गर्दै बजार बन्द गराएको थियो । सोही क्रममा विवाद उत्पन्न भएपछि अवस्था सामान्य बनाउनका लागि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
विश्व शान्तिका लागि लुम्बिनीसम्म ‘महान् धम्म यात्रा’ हुँदै
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
ओली भेट्न गुण्डु पुगे सञ्चारमन्त्री
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
विमानस्थल खुलेपछि कुन-कुन देशबाट आउँदै छन् जहाज, यस्तो छ तालिका
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
कम्युनिष्टले नेपालको संस्कृति, सभ्यता र पहिचान मेटे : राजेन्द्र महतो
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
आगामी मंसिरमा महाधिवेशन गर्ने राप्रपा नेपालको निर्णय
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
नेपाल उच्च मूल्यको आरोग्य पर्यटन गन्तव्य बन्नुपर्छ : सभामुख अर्याल
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
रगतमा पाइने ब्याक्टेरियाबाट एन्टि–एजिङ यौगिकको खोज, छाला उपचारमा नयाँ सम्भावना
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
लौरो चुनाव चिन्ह दुरुपयोग भएको आरोप
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या
ओलम्पिकमा सहभागी भएर फर्किएकी धावकलाई पूर्वप्रेमीले आगो लगाएर गरे हत्या