सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
५९ पटक हेरिएको
Shares
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

सारांश

  • पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
  • प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहनुभएको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।
  • वस्तीको शव अस्पतालमै राखिएको छ ।

१३ पुस, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ । पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहनुभएको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ । वस्तीको शव अस्पतालमै राखिएको छ । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् । पूर्वन्यायाधीश वस्तीले करिब छ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गर्नुभएको थियो । उहाँले २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश हुनुभएको थियो ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उहाँ छवर्ष मानवअधिकार आयोगको सदस्य भएर काम गर्नुभयो । अवकाश जीवन बिताइरहनुभएका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न हुनुहुन्थ्यो । गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिनुभएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गर्नुभएको थियो । विस २०६५ सालमा वरिष्ठ अधिवक्ता हुनुभएका उहाँको भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानुनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियो । उहाँले लेखेका धेरै पुस्तक बजारमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
खराब मौसमका कारण एक दर्जन आन्तरिक उडान प्रभावित
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
१० अर्ब ऋण लिन विद्युत् प्राधिकरणलाई अर्थ मन्त्रालयको स्वीकृति
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
सुनसरीमा गोली प्रहार गरी किशोरीको हत्या
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
आगामी एकदेखि डेढ वर्षभित्र देशलाई पूर्ण विद्युतीकरण घोषणाको तयारी : प्रधानमन्त्री
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
पुस महिनाभित्र महाधिवेशन सम्भव, सबै युद्धस्तरमा लाग्नुपर्छः कांग्रेस नेता प्रदीप पौडेल
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
सुडानद्वारा २०२४ मा ६४.४ टन सुन उत्पादन
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
ट्रेड युनियन खारेज गर्नु भनेको त संवैधानिक अधिकार नै खारेज गर्नु हो : नेता स्वाँर
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
हरिवनमा मानव सेवा आश्रम भवन निर्माणार्थ श्रीमद्भागवत महायज्ञ हुने
सुनको मूल्य २ हजार ८ सय रुपैयाँ बढ्यो
सुनको मूल्य २ हजार ८ सय रुपैयाँ बढ्यो
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान
राष्ट्रपतिद्वारा संसद् अधिवेशन आह्वान