Bajaj Himanshu Motors
Bajaj Himanshu Motors

सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

प्रेस संवाददाता प्रेस संवाददाता
|
शनिबार, पौष १३, २०८१
|
|
८३ पटक हेरिएको
Shares
सर्वोच्च अदालतका पूर्वन्यायाधीश वस्तीको निधन

सारांश

  • पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।
  • प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहनुभएको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ ।
  • वस्तीको शव अस्पतालमै राखिएको छ ।

 

१३ पुस, सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको ७१ वर्षको उमेरमा निधन भएको छ । पूर्वन्यायाधीश वस्तीका साइलो भाई अधिवक्ता गजेन्द्र वस्तीकाअनुसार उहाँको हृदयघातका कारण शुक्रबार बेलुका ६ बजे थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

प्रकाश वस्तीका छोरा डा प्रणव वस्ती अमेरिकामा रहनुभएको र भोलि बिहानसम्म आइसकेपछि पशुपति आर्यघाटमा अन्त्येष्टि गर्ने परिवारको तयारी छ । वस्तीको शव अस्पतालमै राखिएको छ । उहाँका श्रीमती, एक छोरा र तीन छोरी छन् । पूर्वन्यायाधीश वस्तीले करिब छ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीशका रुपमा काम गर्नुभएको थियो । उहाँले २०६५ साल भदौ २२ गते नियुक्त भएर पदावधि नथपिएपछि २०७० चैत २९ मा अवकाश हुनुभएको थियो ।

सर्वोच्च अदालतबाट अवकाश भएपछि उहाँ छवर्ष मानवअधिकार आयोगको सदस्य भएर काम गर्नुभयो । अवकाश जीवन बिताइरहनुभएका वस्ती न्याय र कानूनको क्षेत्रमा अध्ययन, अनुसन्धान एवं पुस्तक लेखनमा संलग्न हुनुहुन्थ्यो । गोरखा खोपलाङमा विसं २०१० असार ८ गते जन्मिनुभएका वस्ती २०३३ सालदेखि कानून व्यवसायमा प्रवेश गर्नुभएको थियो । विस २०६५ सालमा वरिष्ठ अधिवक्ता हुनुभएका उहाँको भ्रष्टाचार नियन्त्रण, देवानी कानुन एवं कानुनी प्रणालीको विकासक्रमका विषयमा रुचि थियो । उहाँले लेखेका धेरै पुस्तक बजारमा छन् ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
सुनचाँदीको भाउमा उछाल, सुन तोलामा २३ सयले बढ्दा चाँदी पनि महँगियो
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
राजस्व चुहावट नियन्त्रण गर्न आज उच्चस्तरीय छलफल गर्दै अर्थ मन्त्रालय
अपडेट : चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपत्ता
अपडेट : चितवनको पहिरोमा परेका दुबै बस त्रिशूलीमा खसेको आशंका, करिब पाँच दर्जन यात्रु बेपत्ता
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
काभ्रेपलाञ्चोकमा ‘टिपर’ दुुर्घटनामा चालकको मृ*त्यु
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
देशमा मनाइने हरेक पर्वले विविधतामा एकता र सहअस्तित्वमा शक्ति भएको राष्ट्रका रूपमा चिनाउने अवसर प्रदान गरेको छ : उपराष्ट्रपति
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
दशकौं सुनसान तिनाउको बसन्तपुरमा दुई वर्षमा पुगे साढे तीन लाख पर्यटक
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
अपडेट : चितवनमा बस र माइक्रो ठोक्किँदा ७ जनाको मृ*त्यु, १८ जना घाइते
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
राजावादीलाई प्रचण्डको चेतावनी- मुर्खता नगरियोस्, निकै ठूलो मूल्य चुकाउनुपर्छ
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
प्रयागराज महाकुम्भमा डुबकी लगाउनेको संख्या ५९ करोड पुगे
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द
भारतको राजधानीमा प्रदूषणका कारण विद्यालयहरू बन्द