हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, मंसिर १५, २०८२
|
|
२५ पटक हेरिएको
Shares
हेटौंडा सडक विस्तार छिटो अघि बढाउन ट्रक व्यवसायी महासंघको जोड

सारांश

  • नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ ।
  • हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ ।
  • महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको उल्लेख छ ।

१५ मंसिर, काठमाडौँ ।

नेपाल ट्रक यातायात व्यवसायी महासंघले नारायणगढ–हेटौंडा र पथलैया–हेटौंडा सडक विस्तार कार्यलाई यथाशीघ्र अघि बढाउन सरकारलाई आग्रह गरेको छ । हेटौंडा क्षेत्र वर्षौंदेखि अत्यधिक ट्राफिक चाप, अव्यवस्थित पार्किङ र साँघुरो सडकका कारण जटिल बन्दै गएकाले विस्तार अब अपरिहार्य बनेको महासंघको धारणा छ ।

महासंघका महासचिव राजेन्द्र विक्रम बानियाँद्वारा जारी विज्ञप्तिमा हेटौंडा बागमती प्रदेशको राजधानी भएर पनि लामो समयदेखि सडक सुविधाको अभावमा नागरिक र व्यवसायी दिनहुँ समस्यामा परेको उल्लेख छ । विसं २०१२–१३ सालमा निर्माण भएको हालको सडक वर्तमान आवश्यकता पूरा गर्न नसकेकाले विस्तारलाई ढिलाइ गर्न नहुनेमा महासंघले विशेष जोड दिएको छ । यातायात चाप बढ्दै जाँदा दुर्घटना जोखिम समेत बढेको परिस्थितिमा विस्तार कार्यलाई छिटो, प्रभावकारी र योजनाबद्ध रूपमा अघि बढाउनु आजको आवश्यकता भएको महासंघको भनाइ छ ।

यसैबिच, मंसिर ५ गते गोरखापत्रमा प्रकाशित सडक डिभिजन कार्यालयको सूचनामा हेटौंडा–१५ रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म महेन्द्र राजमार्ग र त्रिभुवन राजपथको दायाँ–बायाँ २५–२५ गजभित्रका संरचना हटाइने जानकारी दिइएको थियो, जसले स्थानीयवासी र व्यवसायीमा चासो उत्पन्न भएको छ ।

विस्तार छिटो गर्नुपर्ने धारणा राख्दै आएको महासंघले प्रभावित सम्पत्तिधनीको अधिकार संरक्षण पनि राज्यले गर्नैपर्ने भन्दै कानुनअनुसार उचित मुआब्जा, क्षतिपूर्ति र पुनस्र्थापनाको व्यवस्था मिलाउन सरकारलाई आग्रह गरेको छ । महासंघले सडक विस्तार अब ढिलो नगरोस्, तर प्रभावितको हकहितलाई सम्मान गर्दै अघि बढोस् भन्ने सन्देशसहित दुवै पक्षको हित सुनिश्चित गर्ने संयमित प्रक्रिया अपनाउन सरकारलाई सुझाव दिएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

हेटौंडा–काठमाडौं सडक जोड्ने २ सडक सञ्चालनमा
हेटौंडा–काठमाडौं सडक जोड्ने २ सडक सञ्चालनमा
अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
अस्पतालको बेडबाट शिक्षक आन्दोलनकी घाइते पत्रकार भन्छिन्- दाहिने आँखा हेर्नै मिल्दैन
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता
भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
भिजिट भिसा प्रकरणमा मुछिएको आशंकामा गृह मन्त्रालयका ९ कर्मचारीको सरुवा
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
यस्तो छ, सोमबारका लागि विदेशी मुद्राको विनिमयदर
दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ
दोलखामा ४ किलो सुनसहित ३ जना पक्राउ
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
सूर्यविनायक—धुलिखेल सडक निर्माण कामलाई तिव्रता दिन मन्त्री घिसिङको आग्रह
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
गौर हत्याकाण्डमा सर्वोच्चको आदेश र उपनिर्वाचनबारे छलफल गर्न मोर्चाले बोलायो बैठक
हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद
हुम्लामा एक सातामा ३७ लाख बराबरको चिनियाँ मदिरा बरामद
प्रधानमन्त्री ओली पोखरा जाँदै
प्रधानमन्त्री ओली पोखरा जाँदै