खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता

प्रेस संवाददाता प्रेस संवाददाता
|
मंगलबार, भाद्र २५, २०८१
|
|
३१ पटक हेरिएको
Shares
खोलामा डुबेर १७ वर्षीय किशोरको मृत्यु, एक बेपत्ता

सारांश

  • झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर साेमबार एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।
  • भद्रपुर नगरपालिका-५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए ।
  • त्यसैगरी बिर्तामोड नगरपालिका-२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् ।

 

२५ भदौ , झापा । झापाको शिवसताक्षी नगरपालिका-१० स्थित माईखोलामा पौडी खेल्ने क्रममा डुबेर साेमबार एक जनाको मृत्यु भएको छ भने एक जना बेपत्ता भएका छन् ।भद्रपुर नगरपालिका-५ का १७ वर्षीय फिरोज खानको डुबेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । त्यसैगरी बिर्तामोड नगरपालिका-२ का १८ वर्षीय उज्ज्वल राई बेपत्ता भएका छन् । खान र राईसहित चार जना दोमुखा घुम्न आउने क्रममा माईखोलामा नुहाउन पसेका थिए । नुहाउन पसेका मध्ये खान र राई खोलामा डुबेर बेपत्ता भएका थिए ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?