एकीकृत समाजवादीको केन्द्रीय कमिटी बैठक काठमाडौँमा जारी
सारांश
- नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा जारी बैठकमा नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ।
- शुक्रबारको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए ।
- अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू नेताहरूले धारणा राखिरहेका छन् ।

१० फागुन, काठमाडौँ – नेकपा एकीकृत समाजवादीको दोस्रो केन्द्रीय कमिटीको पूर्ण बैठक काठमाडौँमा जारी छ । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठान, ललितपुरमा जारी बैठकमा नेताहरूले आफ्ना धारणा राख्ने क्रम जारी छ। शुक्रबारको बैठकमा ११ जना केन्द्रीय सदस्यले आ–आफ्ना धारणा राखेका थिए ।

अध्यक्ष माधव नेपालको राजनीतिक प्रतिवेदन, पार्टी नियमावली, विनियम, निर्देशिका, आचारसंहिता, पार्टीको दशौँ राष्ट्रिय महाधिवेशनको समीक्षा, आन्दोलनद्वारा पार्टी निर्माण सम्बन्धी आगामी कार्ययोजना, संसदमा प्रस्तुत अध्यादेश र समसामयिक प्रस्तावहरू नेताहरूले धारणा राखिरहेका छन् । बैठक आजै समापन गर्ने तयारी छ।


प्रतिक्रिया