बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’

प्रेस संवाददाता प्रेस संवाददाता
|
शुक्रबार, आश्विन ११, २०८१
|
|
३२ पटक हेरिएको
Shares
बेंगलुरु हत्याकाण्डमा अर्को खुलासा: ‘मुक्तिसँग बिहे गर्न चाहन्थिन् पति छाडेकी महालक्ष्मी’

सारांश

  • हालै एक भारतीय पत्रिकासँगकोकुराकानीमा मुक्तिका भाइ सत्यले ती महिलाको शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउने योजना रहेको तर त्यो सफल नभएपछि शरीर टुक्राटुक्रा पारेको बताएका हुन्।
  •   तर ३१ वर्षीय मुक्तिले गत बुधबार ओडिशामा आत्महत्या गरिसकेका छन्।
  • महालक्ष्मीको शव यही सेप्टेम्बर २० का दिन बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित उनी बस्ने तीनतले भवनभित्रको कोठामा टुक्राटुक्रा अवस्थामा भेटिएको थियो।

११ असोज, भारतको बेंगलुरुमा महालक्ष्मीको बीभत्स हत्याकाण्डका मुख्य आरोपित मुक्ति रञ्जन रेको बारेमा अर्को ठूलो खुलासा भएको छ।

हालै एक भारतीय पत्रिकासँगकोकुराकानीमा मुक्तिका भाइ सत्यले ती महिलाको शव झुण्ड्याएर आत्महत्याजस्तो देखाउने योजना रहेको तर त्यो सफल नभएपछि शरीर टुक्राटुक्रा पारेको बताएका हुन्।  तर ३१ वर्षीय मुक्तिले गत बुधबार ओडिशामा आत्महत्या गरिसकेका छन्। महालक्ष्मीको शव यही सेप्टेम्बर २० का दिन बेंगलुरुको व्याली कवल क्षेत्रमा पर्ने ६ क्रस पाइप लाइन रोडस्थित उनी बस्ने तीनतले भवनभित्रको कोठामा टुक्राटुक्रा अवस्थामा भेटिएको थियो।  टाइम्स अफ इन्डियासँग कुरा गर्दै मुक्तिका भाइ सत्यले आफ्ना दाइले २/३ महिनापछि शव फाल्ने योजना रहेको बताएका छन्। सत्य इन्जिनियरिङका विद्यार्थी हुन्।

उक्त पत्रिकासँग कुरा गर्दै उनले भनेका छन्, ‘म बेरहमपुरमा बसेर बस्छु र पढ्छु, मेरा दाइले त्यहाँ आएर मलाई सबै कुरा बताएका हुन्। उनले महिलाको आफ्नै घरमा हत्या गरी शव झुण्ड्याएर आत्महत्याको घटना देखाउने योजना बनाएका थिए।’उनले थपेका छन्, ‘जब उनको योजना असफल भयो, तब शवलाई टुक्रा-टुक्रा पारे र फ्रिजमा राखे।’ भारतीय सञ्चारमाध्यमका अनुसार २९ वर्षीया महालक्ष्मीले नेपालका हेमन्तदाससँग विवाह गरेकी थिइन्। तर असमझदारी बढेपछि उनी करिब ९ महिनादेखि भाडाको घरमा एक्लै बस्थिन्  भने उनका पति भारतमै तर अर्कै सहरमा बस्थे।  सत्यका अनुसार महालक्ष्मी उनका दाइ मुक्तिसँग विवाह गर्न चाहन्थिन्। तर बेंगलुरुको एउटै पसलमा काम गर्ने

उनीहरूबीच पछिल्लो समय खटपट परिरहेको थियो।  सत्यले पत्रिकासँग भनेका छन्, ‘दाइ (मुक्ति) ले बताएअनुसार महिलाले उनीसँग पैसा मागिरहेकी थिइन्। उनलाई मानसिक पीडा पनि दिइरहेकी थिइन्। हालै उनीहरू दुवै केरला गएका थिए, जहाँ उनीहरूबीच झगडा भएको थियो। त्यसपछि महिलाले प्रहरीसँग आफूलाई मुक्तिले अपहरण गरेको बताइन्। अनि प्रहरीले दाइलाई कुटपिट गर्‍यो र पछि छाडिदियो।’ सत्यले के पनि दाबी गरेका छन् भने ती महिलालाई दुर्व्यवहार गर्नाका साथै बारम्बार गहना र पैसा मागेकाले मुक्ति त्यसबाट छुटकारा पाउन चाहन्थे।

पत्रिकासँग सत्यले भनेका छन्, ‘सेप्टेम्बर ३ मा झगडापछि दाइले महिलाको घाँटी थिचिदिए। त्यसपछि शव छतमा झुण्ड्याउने प्रयास गरे तर सकेनन्। त्यसपछि राति उनले महिलाको शव टुक्राटुक्रा पारेर फ्रिजमा राखे।’ सत्यका भनाइअनुसार मुक्तिले शवका टुक्रा २/३ महिनापछि फाल्ने योजना बनाएका थिए।’  यो अपराधपछि मुक्ति डिप्रेसनमा गएको उनका भाइ सत्यको भनाइ छ।उनले पत्रिकासँग भनेका छन्, ‘उन (मुक्ति) ले मसँग महिलाको हत्या गर्दा र उनको शरीर टुक्राटुक्रा पार्दा आफूलाई कुनै होस नभएकाे बताएका थिए।’

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
इटहरीको यातायात कार्यालयबाट १७ बिचौलिया पक्राउ
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
हेटौँडा सिमेन्ट उद्योग आर्थिक सङ्कटमा : तीन महिनादेखि उत्पादन बन्द
रास्वपा सचिवालयको बैठक बस्दै
रास्वपा सचिवालयको बैठक बस्दै
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
चुनावअघि नै महाधिवेशन गर्न माग गर्दै देउवानिकट २५ केन्द्रीय सदस्यले पार्टी कार्यालयमा बुझाए ज्ञापनपत्र
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालत ल्याइयो
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
पोलिटब्युरो बैठक आजै सक्न ओलीको रुलिङ, ३२ जनाले राखे धारणा
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
बजेटमा कृषि, पर्यटन, पूर्वाधार निर्माण, सूचना प्रविधि क्षेत्रलाई प्राथमिकता दिन सांसदहरूद्वारा अनुरोध
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
अवैध लागुऔषधसहित विभिन्न स्थानबाट १५ जना पक्राउ
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु
देशका विभिन्न स्थानमा भएका सवारी दुर्घटनामा पाँच जनाको मृत्यु