जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन

प्रेस संवाददाता प्रेस संवाददाता
|
आइतबार, कार्तिक ३०, २०८२
|
|
३२ पटक हेरिएको
Shares
जनकपुरमा राष्ट्रिय झण्डासहित सात राजनीतिक दलको प्रदर्शन

सारांश

  • मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् ।
  • जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।
  • जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम कार्यकर्ताहरु मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् ।

३० कात्तिक, जनकपुर ।

मधेश प्रदेशको मुख्यमन्त्री सरोज कुमार यादवको नियुक्ति असंवैधानिक रहेको भन्दै विरोध जनाउँदै आएको मधेश प्रदेशका सात राजनीतिक दलहरुले आज(आइतबार) राष्ट्रिय झण्डासहित प्रदर्शन गरिरहेका छन् । जनकपुरधामस्थित मधेश भवन अगाडि सडकमै बसेर सात राजनीतिक दलका सांसद, नेता तथा कार्यकर्ताहरु विहानैदेखि शान्तिपूर्ण प्रदर्शन गरिरहेका छन् ।

जसपा नेपाल, लोसपा, नेकपा माओवादी केन्द्र, नेकपा एस, नागरिक उन्मुक्ति पार्टी, नेपाली कांग्रेस र जनमत पार्टीका सांसद र नेता एवम कार्यकर्ताहरु मुख्यमन्त्री यादव र सभामुख रामचन्द्र मण्डलविरुद्ध नारा लगाउँदै विरोध प्रदर्शन गरिरहेका छन् । आज अदालतको फैसला आउने भएकाले आफूहरु आशावादी रहेको र अदालतमाथि पूर्ण विश्वास रहेको भन्दै राष्ट्रिय झण्डासहित सडकमा आएको लोसपाका सांसद परमेश्वर साहले जानकारी दिए । उनले आज अदालतले न्यायपूर्ण फैसला गर्नेमा आफूहरु विश्वस्त रहेको बताए ।

अन्य प्रदेशहरुमा पनि समान परिस्थितिको मुद्दाको नजिर अनुसार पनि आफूहरुको जित हुनेमा विश्वस्त रहेको सांसद साहले बताए । यदीे सरोज कुमार यादवलाई नै मुख्यमन्त्री ठहर गरेमा प्रदेश सभामा विश्वासको मत दिने बेला उनको फैसला हुने सांसद साहले बताए । मधेश प्रदेशका पूर्व प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले यादवलाई मुख्यमन्त्रीमा नियुक्त गर्दै महोत्तरीको एक होटलमा सपथ खुवाएका थिए । त्यसको विरोध गर्दै सात राजनीतिक दलहरुले निरन्तर विरोध गर्दै आएका छन् भने अदालतमा रिट समेत जारी गरेका थिए । सर्वोच्च अदालतले आजका लागि पेसी तोकेको छ भने सम्पूर्ण कागजातसहित दुबै पक्षलाई आज छलफलका लागि बोलाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
५० दरको ४२ करोड नोट छपाइका लागि राष्ट्र बैंकले गर्‍यो बोलपत्र आह्वान
एमाले संसदीय दलको बैठक आज
एमाले संसदीय दलको बैठक आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
भारत र श्रीलङ्काबीचको तेस्रो तथा अन्तिम टी–२० खेल आज
कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो
कोशी ब्यारेजको बाढी साढे चार लाख क्युसेक मापन, सबै ढोका खोलियो
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
यस्तो छ आजका लागि निर्धारित विदेशी मुद्राको विनिमयदर
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
निर्माण व्यवसायीको अल्टिमेटमः सात दिनभित्र माग पूरा नभए देशभरिका आयोजना ठप्प पार्ने
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
तीन दिनभित्र फाइलमा निर्णय दिने प्रणाली ल्याउँछौँ : प्रधानमन्त्री ओली
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
अपशब्द र साम्प्रदायिक रूपमा दुर्व्यवहार गर्ने नक्कली डीएसपी पक्राउ
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
भन्सार नियमावली आज मन्त्रिपरिषद्मा जान्छः अर्थमन्त्री खनाल
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना
कक्षा १२ को परीक्षा स्थगित भन्दै भ्रामक सूचना