हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, बैशाख ३१, २०८२
|
|
३७ पटक हेरिएको
Shares
हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्णः राष्ट्रपति

सारांश

  • राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताएका छन् ।
  • बुधवार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए ।
  • वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानूनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ ।

३१ वैशाख, काठमाडौं ।

राष्ट्रपति रामचन्द्र पौडेलले सरकारी कारोबारमा हरेक वर्ष बेरुजु बढ्दै जानु सुशासनका लागि चुनौतीपूर्ण भएको बताएका छन् ।बुधवार महालेखा परीक्षकको आर्थिक वर्ष २०८०/०८१ को वार्षिक प्रतिवेदन ग्रहण गर्दै राष्ट्रपति पौडेलले लामो समयदेखि सरकारी खर्चमा बढ्दै गएको बेरुजु गम्भीर चासो र सरोकारको विषय बनेको बताए ।

वर्तमान परिस्थितिमा सरकारी खर्च गर्दा प्रचलित कानूनको परिचालन र आर्थिक अनुशासनलाई अझ बढी ध्यान दिनुपर्ने आवश्यकता रहेको उनको भनाइ छ । आर्थिक अनुशासन कायम गर्न र वित्तीय उत्तरदायित्व अभिवृद्धि गर्न सार्वजनिक निकायका पदाधिकारीहरु अझ बढी जवाफदेही बन्नु आवश्यक रहेको पौडेलले बताए।

सुशासन कायम गराउन सरकारी कोष सञ्चालन गर्ने संवद्ध सबै पदाधिकारीहरुलाई थप जिम्मेवार र जवाफदेही बनाउने सन्दर्भमा महालेखा परीक्षकको भूमिका महत्वपूर्ण हुने उनको भनाइ छ । राष्ट्रपति पौडेलले आर्थिक अनुशासन र वित्तीय उत्तरदायित्व कायम गराउन महालेखा परीक्षकले आगामी दिनमा थप सशक्त भुमिका निर्वाह गर्ने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
इन्डोनेसियामा विद्यालय भवन ढल्दा ९१ जनाको मृत्यु, अझै उद्धार कार्य जारी
नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल
नेपाल–भारत सीमापार रेलवे परियोजनाबारे दुई देशका प्रतिनिधिहरुबीच छलफल
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
माफी माग्दै गगन थापाले सार्वजनिक गरे आफ्नो भिडिओ सन्देश
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
बीपी राजमार्ग सडकमा साँझ ५ देखि बिहान ५ बजेसम्म गाडी चलाउन रोक
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
‘लोकतन्त्रको जग भत्काउने पूर्वसर्त राखेर सुशीला कार्की प्रधानमन्त्री बन्नुभयो’
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली
भयरहित वातावरण नभएसम्म निर्वाचन सम्भव छैन : केपी ओली
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
रास्वपाका पूर्वसांसद ढाकाकुमार धरौटीमा रिहा
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
मुद्दती निक्षेपमा ४ अर्ब रुपैयाँभन्दा बढी लगानी गर्दै राष्ट्र बैंक
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
आजबाट देशभर सहर केन्द्रित आन्दोलनमा जसपा
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प
रोल्पा केन्द्रबिन्दु भएर भूकम्प