मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन

प्रेस संवाददाता प्रेस संवाददाता
|
बुधबार, कार्तिक २६, २०८२
|
|
२५ पटक हेरिएको
Shares
मकवानपुरको सिआन पुनस्र्थापना केन्द्र र लाइफकेयर सेन्टरमा प्रशासन, प्रहरी र सिआइबीको संयुक्त अनुगमन

सारांश

  • मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित सिआन पुर्नस्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टर (मकवानपुरको पहिलो महिला सुधार गृह) मा प्रशासन, प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संयुक्त रुपमा अनुगमन गरेको छ ।
  • जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुबास चन्द्र बोहोरा र सिआइबी का प्रमुख हेमन्त चौधरीसहितको संयुक्त टोलीले बुधबार अनुगमन गरेको हो ।
  • सिआन पुनस्र्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, सेवा प्रवाह, वैज्ञानिक अभ्यासका माध्यमबाट गरिएको उपचार पुनस्र्थापना कार्य र दीर्घकालीन योजनाबारे केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले विस्तृत विवरण प्रस्तुत गरेका थिए ।

२६ कात्तिक,मकवानपुर

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–९ मा अवस्थित सिआन पुर्नस्थापना केन्द्र र सिआन लाइफकेयर सेन्टर (मकवानपुरको पहिलो महिला सुधार गृह) मा प्रशासन, प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले संयुक्त रुपमा अनुगमन गरेको छ ।जिल्ला प्रशासन कार्यालय मकवानपुरका प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारी, जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक (एसपी) सुबास चन्द्र बोहोरा र सिआइबी का प्रमुख हेमन्त चौधरीसहितको संयुक्त टोलीले बुधबार अनुगमन गरेको हो ।

सिआन पुनस्र्थापना केन्द्रको स्थापना कालदेखि हालसम्मका उपलब्धिहरू, सेवा प्रवाह, वैज्ञानिक अभ्यासका माध्यमबाट गरिएको उपचार पुनस्र्थापना कार्य र दीर्घकालीन योजनाबारे केन्द्रका कर्मचारी मनिश मान श्रेष्ठले विस्तृत विवरण प्रस्तुत गरेका थिए । कार्यक्रममा प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले पुनस्र्थापना केन्द्रले मकवानपुरमा लागुऔषध दुरुपयोग नियन्त्रण र उपचार पुनस्र्थापना क्षेत्रमा गरेको योगदानको प्रशंसा गर्दै भने, “सिआन पुनस्र्थापना केन्द्रले व्यवस्थित ढंगले सञ्चालन हुँदै जिल्लामा उदाहरणीय भूमिका निर्वाह गरेको छ । राज्यका निकाय र पुनस्र्थापना संस्थाबीचको सहकार्य अझ सुदृढ बन्न आवश्यक छ ।”

त्यसैगरी जिल्ला प्रहरी प्रमुख एसपी बोहोराले लागुऔषध नियन्त्रणका प्रयासमा प्रशासन, प्रहरी र पुनस्र्थापना संस्थाबीचको सहकार्य अपरिहार्य रहेको बताए । उनले भने, “आगामी दिनमा अझ सशक्त सहकार्य गर्दै लागुऔषध नियन्त्रण र पुनस्र्थापना कार्यमा अघि बढ्ने प्रतिबद्धता गर्दछौं ।”सिआन पुनस्र्थापना केन्द्रका कार्यकारी निर्देशक शौजन क्षेत्री (डी.सी.) ले केन्द्रले सेवा सञ्चालनका क्रममा सामना गरिरहेका चुनौतीबारे सरोकारवालाको ध्यानाकर्षण गराउँदै भने, “सहयोग र सहकार्यका माध्यमबाट मात्रै पुनस्र्थापना क्षेत्र अझ सुदृढ र प्रभावकारी बन्न सक्छ। हामी सधैं सरकारी निकायसँग हातेमालो गर्दै अघि बढ्नेछौं ।”कार्यक्रममाजिल्लाप्रशासन, प्रहरी, स्थानीय निकायका प्रतिनिधि, स्वास्थ्यकर्मी, सामाजिक अभियन्ता र सञ्चारकर्मीहरूको समेत उपस्थिति रहेको थियो । कार्यक्रमले मकवानपुर जिल्लामा लागुऔषध विरुद्धको लडाइँलाई संस्थागत र सहकार्यात्मक ढंगले अघि बढाउन महत्त्वपूर्ण सन्देश दिएको सहभागीहरूको भनाइ थियो

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?

यो पनि पढौँ

ऊर्जामन्त्रीले बुझे ताप्लेजुङमा लत्रेको विद्युत् तारमा बोलेरो जलेको घटनाको छानबिन प्रतिवेदन
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
रुपौलिया बहुउद्देश्यीय सहकारी संस्थामा १ करोड ६० लाख अपचलन
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
टीआरसी कार्यदलको बैठक निष्कर्षविहीन, सोमबार फेरि बस्ने
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो
भारतको उत्तराखण्डमा पहिरोमा पुरिएर ४ जना नेपाली मजदुरको ज्यान गयो
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
आजको मौसम : सातै प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
किसानलाई धान भित्र्याउने चटारो, बर्षाले १३९ मेट्रिक टन धानबाली नष्ट
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
लुम्बिनीको मुख्यमन्त्रीमा आचार्य नियुक्त
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
पाकिस्तानी विमानका लागि भारतीय हवाई क्षेत्र बन्द
आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
आज पनि बढ्यो अमेरिकी डलरको मूल्य
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर 
यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर