राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने

प्रेस संवाददाता प्रेस संवाददाता
|
बिहिबार, आश्विन ९, २०८२
|
|
१४ पटक हेरिएको
Shares
राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा न्यौपाने

सारांश

  • अखिल नेपाल फूटबल संघ (एन्फा)ले नवीन न्यौपानेलाई राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ ।
  • एन्फाका महासचिव किरण राईले बिहीबार न्यौपानेलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको पत्र दिएका हुन् ।
  • एन्फाका अनुसार न्यौपाने सन् २०२६ मा आयोजना हुने साफ महिला च्याम्पियनसिप राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा रहने छन् ।

९ असोज, काठमाडौं ।

अखिल नेपाल फूटबल संघ (एन्फा)ले नवीन न्यौपानेलाई राष्ट्रिय महिला फूटबल टोलीको प्रमुख प्रशिक्षकमा नियुक्त गरेको छ । एन्फाका महासचिव किरण राईले बिहीबार न्यौपानेलाई प्रमुख प्रशिक्षकमा नियुक्त गरिएको पत्र दिएका हुन् । एन्फाका अनुसार न्यौपाने सन् २०२६ मा आयोजना हुने साफ महिला च्याम्पियनसिप राष्ट्रिय महिला टोलीको प्रमुख प्रशिक्षकको भूमिकामा रहने छन् ।

न्यौपानेले एएफसी यू–२३ एसियन कप छनोटमा पनि नेपाली यू–२३ टोलीको मुख्य प्रशिक्षकको भूमिका निर्वाह गरेका थिए । यसैगरी, एन्फाले भगवती खत्री र राजकुमार केसीलाई सहायक प्रशिक्षकको जिम्मेवारी दिएको छ । टोलीको व्यवस्थापकमा बिन्द्रा देवान, फिजियोथेरापिस्टमा शिला गिरी र किट व्यवस्थापकमा विकास गुरुङलाई निरन्तरता दिइएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?