लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

प्रेस संवाददाता प्रेस संवाददाता
|
सोमबार, फाल्गुन २५, २०८२
|
|
३८ पटक हेरिएको
Shares
लागूऔषधसहित कञ्चनपुरबाट तीन जना पक्राउ

सारांश

  • कञ्चनपुरको बेलौरी नगरपालिका १० बाट लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको छ ।
  • इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई सवार ८३० मिलिग्राम लागूऔषध खैरासहित प्रक्राउ गरेको हो ।
  • भारतबाट नेपालतर्फ आउँदै गरेको से७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार ८३० मिलिग्राम भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

 

२५ फागुन,काठमाडौं ।

कञ्चनपुरको बेलौरी नगरपालिका १० बाट लागूऔषधसहित एक जनालाई प्रक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी र प्रहरी चौकी भुँडाबाट खटिएको प्रहरीले शुक्लाफाँटा नगरपालिका-५ प्रगती टोल बस्ने २४ वर्षीय हरिश भट्टलाई सवार ८३० मिलिग्राम लागूऔषध खैरासहित प्रक्राउ गरेको हो । भारतबाट नेपालतर्फ आउँदै गरेको से७ प २९३७ नम्बरको मोटरसाइकलमा सवार ८३० मिलिग्राम भट्टलाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।

यस्तै, कञ्चनपुर, बेलौरी नगरपालिका-१० सडकघाटबाट लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ ग्राम ७७० मिलिग्रामसहित कैलाली धनगढी उपमहानगरपालिका-१३ राजपुर बस्ने २ जना १८ वर्षीय किशोरलाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय बेलडाँडी समेतबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

कमेन्ट लेख्नुहोस्

तपाईंको इमेल ठेगाना प्रकाशित हुनेछैन। आवश्यक फिल्डहरू चिन्ह लगाइएका छन् *

कुल कमेन्ट: 0
प्रेस संवाददाता
प्रेस संवाददाता
लेखकबाट थप
यो खबर पढेर तपाईंलाई कस्तो महसुस भयो ?